arrow

उपचारका क्रममा अभियानकर्मी विष्टको निधन

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
Dead_Body.jpg.jpeg

मान्म । कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ ।

 लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडौंमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छोरा रोहनले जानकारी दिए । 

 नरहरिनाथ गाउँपालिका – ८ लालु स्थायी घर भएका विष्टले लामो समय जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गरेका थिए । 

 उनी कालीकोटमा शिक्षाको ज्योति फैलाउने अग्रणी व्यक्तित्व भएको  गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए ।

 उनी नेपाल सरकारबाट समेत सम्मानित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ