arrow

गुरुङ् विद्यार्थीको राष्ट्रिय महाधिवेसन स्याङ्जामा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
IMG_0772.JPG.jpeg
स्याङ्जा।नेपाल तमु(गुरुङ) विद्यार्थी छोंज धीको नवौ राष्ट्रिय महाधिवेसन स्याङ्जाको वालिङमा हुने भएको छ । नवौ राष्ट्रिय महाधिवेसनको तयारी र विद्यार्थीहरुको माग वारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलन मार्फत जेष्ठ २२ गतेदेखि २४ गते सम्म महाधिवेसन हुने जानकारी दिएका हुन् । “पहिचान सहितको तमुवान स्वायत्त प्रदेशका लागि निर्णयक आन्दोलन, बहुभाषिक शिक्षा नीति सहितको संघिय शिक्षा प्रणाली लागु गराउन नवौ महाधिवेसन” भन्ने मुल नाराका साथ सम्पन्न हुने गुरुङ विद्यार्थीहरुको राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ। 
देशका ४२ जिल्लाबाट ४ सय प्रतिनिधि र करिव १ सय प्रर्यवेक्षकको सहभागीहुने आयोजकले जनाएको छ। मुलुक संघियतामा प्रवेसन गरिसकेको अवस्थामा ४ नंम्वर प्रदेशलाई पहिचान सहितको तमुवान प्रदेश घोषणा गर्न टेवा मिल्ने उदेश्यका साथ स्याङ्जामा राष्ट्रिय महाधिवेसन गर्ने तयारी भएको नवौ राष्ट्रिय महाधिवेसन मुल आयोजक समितिका संयोजक लोक तमुले बताए। 
 
महाधिवेसनको २२ गते उदघाटन गरी २३ र २४ गते बन्द सत्रबाट राष्ट्रिय समिति चयन गरिने आयोजकले जनाएको छ । महाधिवेसन सफल बनाउन १६ ओटा उपसमिति समेत गठन गरिएको बताइएको छ । उदघाटनको दिन गुरुङ संस्कृति झल्कने पहिचान र झक्री सहित बजार परिक्रमा समेत गरिने आयोजकले जनाएको छ । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम तमुवाट महाधिवेसनको उदघाटन हुने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । तमु ह्रयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद पश्चिमाञ्चल प्रमुख ले.यामबहादुर गुरुङको प्रमुख आथित्यतामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । गुरुङ्ले मुलुकमा संविधान जारी भएपनि कार्यन्वयन हुन नसकेको र संघियता अनुरुप प्रदेश विभाजन गरिएपनि नामाकरण हुन नसक्दा शंका बढ्न थालेको बताए । सिमाङ्कनको प्रष्टता र प्रदेशको नामाकरणमा दलहरुले ढिलाई गर्न नहुनेमा गुरुङ्को जोड थियो । 
 
स्याङ्जामा गुरुङ विद्यार्थीहरुको राष्ट्रिय महाधिवेसन गर्ने अवसर प्रदान गरेकोमा जिल्ला कार्यसमिति स्याङ्जा धन्यवादको पात्र भएको नेपाल तमु(गुरुङ) विद्यार्थी छोंज धीकी महासचिव दुर्गा गुरुङ्ले बताईन् । २०५२ सालमा स्थापना भएर रुपन्देहीको बुटवलमा पहिलो अधिवेसन गरेको विद्यार्थी छोज धीको नवौ महाधिवेसन स्याङ्जाको वालिङमा सम्पन्न हुदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ