arrow

दुई सय एकतीस संक्रमित थप

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
covid-test-positive-corona.jpg

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा छ सय २५ जना संक्रमित निको भई घर फर्केका छन् ।

 उनीहरु विभिन्न अस्पताल र होम आइसोलेशनबाट निको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म निको हुनेको सङ्ख्या १७ हजार ७७८ पुगेको छ ।

प्रदेशमा उक्त अवधिमा २३१ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको ७२५ जनाको पिसिआर परीक्षणमा १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
  
संक्रमित भएकामा झापामा १०३, मोरङमा ८६ मध्ये विराटनगरमा ६३, सुनसरीमा ३३, इलाममा तीन, तेह्रथुममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् । 

प्रदेशमा अहिलेसम्म संक्रमितको सङ्ख्या २३ हजार ६६५ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७८ हजार ७९ जनाको पिसिआर परीक्षण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ