arrow

नेपाल-भारत सीमा नाका खोल्न माग

logo
प्रकाशित २०७७ मंसिर १ सोमबार
bardiya-border-naka-kailali.jpg

मलङ्गवा । नेपाल-भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल-भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरु समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

सोमबार जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले भोलिदेखि आन्दोलन गरिने निर्णय गरेको जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा ९भारततर्फ० जाने बाटोमा मङ्सिर २ र ३ गते ११ बजेदेखि १ बजे सम्म धर्नामा बस्ने निर्णय गरेको छ ।  

सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, सङ्घीय सभा, प्रदेशसभाका सदस्य, पालिका प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । धर्नापश्चात पनि सीमा नाकाहरु खुल्ला नगरिए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने प्रमुख चौधरीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 सीमा नाका मङ्सिर १ गतेदेखि खुल्ने आशमा रहेका जनता कात्तिक ३० गते सरकारले थप एक महिना बन्द गर्ने निर्णय गरेपछि आक्रोसित बनेका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ