arrow

तिहारकै दिन सवारी दुर्घटनामा बहिनीको मृत्यु, दाइ घाइते 

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
accident-final.jpeg

देउखुरी । तुलसीपुर उपमहानगरपालिका –१९ बिजौरी निवासी  सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी सोमबार अपराह्न मृत्यु भएको छ । बिजौरीबाट उनी कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लुअअक ३९४६ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक  विराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । 

दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो । मनिषाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत थिइन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक  शिवबहादुर सिंहले  ठक्कर दिने गाडी र चालक अहिले नियन्त्रणमा रहेको बताए । घाइते बिराजको भने कोहलपुरमै उपचार भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ