arrow

राजमार्गमा जबरजस्ती पैसा असुल्ने छ पक्राउ

logo
रबिन्द्र यादव ,
प्रकाशित २०७७ मंसिर २ मंगलबार
mahendra-highway.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लाको पुर्व - पश्चिम राजमार्गको लमजुङ देखि रुपन्देही जाँदै गरेको गाडीमा जबरजस्ती गाडी रोकी पैसा असुलेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बर्दघाट नगरपालिका वडा नं ४ को हाइवे चोकमा कुखुरा लोड गरेको जिपमा उनिहरुको समुहले उक्त जिपका ड्राइभरसंग जबरजस्ती साचो खोसी बिल भेटनरी देखाउ भनी केही कुखुराहरु समेत नष्ट गरेका थिए ।

प्रदेशको जिप ०३- ००१ च ०२२० नम्बरको गाडीमा पैसा असुलेको र केही कुखुरा नष्ट गरेको अारोपमा उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

पक्राउ पर्नेहरु बर्दघाट नगरपालिका वडा नं ४ बस्ने बर्ष २४ का कमल राना र सोही ठाउँ बस्ने बर्ष २४ कै मनिष कुवर, बर्ष २३ का संजय सुनार , २९ बर्षका सुजनमान श्रेष्ठ, ३१ बर्षका निर्मल खरेल र  बर्ष ३० का सुजन तिमिल्सिना रहेका छन् ।

हाल उनिहरुलाई नियन्त्रणमा लिइ थप अनुसंधान भइरहेको एसपी अजय केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ