arrow

कोरोनाका कारण पाँचथरको आइसोलेसन केन्द्रमै एक ब्यक्तिको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ मंसिर २ मंगलबार
corona-death-jhapa.jpg

पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कोभिड १९ कोरोना भाइरस संक्रमणका कारण मंगलबार एक जनाको ब्यक्तिको ज्यान गएको छ । ज्यान गुमाउनेमा गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय ब्यक्ति रहेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । 

केहिदिन अघी अन्य समस्या भइ उपचारका लागि झापा पुगेका वखत स्वाब परिक्षण गर्दा पोजिटिभ देखिएपछि उनलाई आफन्तले फिर्ता ल्याएका थिए । त्यसपछि गाँउपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालस्थित आइसोलेसन केन्द्रमा बसी उनको उपचार भइरहेको थियो। 

कोभिड अस्पतालमा उपचारकै क्रममा रहेका ति व्यक्तिको मृत्यु जिल्लाकै आइसोलेसनमा भएको पहिलो मृत्युको घट्ना हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ