arrow

प्रजातान्त्रिक प्राध्यापक संघको महाधिवेशनमा सहभागि नहुन आब्हान

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
depan.jpg.jpeg
काठमाडौ । प्राध्यापकहरुले प्रजातान्त्रिक प्राध्यापक संघको आगामि जेठ २७ र २८ गते पोखरामा हुन लागेको चौथो महाधिवेशनमा सहभागि नहुन आब्हान गरेका छन । 
 
शंकरदेब क्याम्पसका प्राध्यापक प्रकाश सिंह प्रधान, नेपाल प्राध्यापक संघका अधयक्ष रामेश्वर उपाध्याय, त्रिवि प्राध्यापक संघका अध्यक्ष योगेन्द्र नारायण बडबरिया, प्रजातान्त्रिक प्राध्यापक संघका निर्वतमान अध्यक्ष प्राध्यापक गुणनीधि न्यौपाने, प्रथम उपाध्यक्ष प्राडा कृष्णप्रसाद गौतम, विश्वविद्यालयका प्राध्यापक प्रेम नारायण अर्याल, ब्रतराज आचार्य र पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसका डा. हरिदर्शन श्रेष्ठले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो आब्हान गरेका हुन । 
 
उनीहरुले  साधारण सदस्यता र प्रतिनिधि छनौटमा गंभिर त्रुटी भएकोले त्यसैलाई यथावत राखेर महाधिवेशन गर्दा निष्पक्ष हुन नसक्ने दावी गर्दै सदस्यता र प्रतिनिधि छनौटका विवाद समाधान गरेपछि मात्रै अधिवेशन गर्नु पर्नेमा जोड दिए । 
 
सो समूहले विधान अनुसार ईकाई समितिका पदाधिकारी र राष्ट्रिय महाधिवेशन प्रतिनिधिकालागि उम्मेदवार बन्न लगातार तीन वर्ष साधारण सदस्यता लिएको हुनु पर्नेमा धेरै क्याम्पसहरुमा यसैवर्ष सदस्यता प्राप्त गरेका ब्यक्तिहरु प्रतिनिधि भएर आएको, स्विकृत भएको तीन वर्ष नपुगेका क्याम्पसबाट प्रतिनिधि भएर आएकोले पनि सदस्यता र प्रतिनिधि छनौटमा अनियमितता भएको दावी गरेको छ । 
 
त्यसैगरी हप्तामा १५ घण्टि पढाएको र कम्तिमा एक वर्ष काम गरिसकेको ब्यक्ति सदस्य हुनु पर्नेमा केन्द्रको आधिकारिक पत्र विना साधारण सदस्यता वितरण गरिएकोले निर्वाचन निष्पक्ष नहुने संकेत देखिएको दावी गरिएको छ । 
 
त्यसरी नै प्रतिनिधि छनौट साधारण सभाले गर्न पाउनु पर्नेमा ईकाईले नै गरेको, एकै ब्यक्तिले धेरै क्याम्पसबाट सदस्यता लिएको पाईएकोमा निर्वाचन समितिलाई छानविन गर्ने अधिकार दिएकोमा अहिलेसम्म साधारण सदस्यको नामावली समेत सार्वजनिक गर्न नसकेको र समितिलार्य सदस्यता रसिद समेत नदिएको अवस्थामा निर्वाचन निष्पक्ष हुन नसक्ने भएकोले महाधिवेशनमा भाग लिनुको औचित्य नभएको स्पष्ट पारिएको छ । 
 
उनीहरुले मतदाताको अन्तिम नामावली प्रकाशित गरेपछि मात्रै निर्वाचन सम्बन्धी कार्यतालिका अघि बढाउने गरी नयाँ कार्यतालिक प्रकाशित गरेर मात्रै महाधिवेशन गर्न माग गरेका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ