arrow

नेकपा विवादको प्रभाव देशैभर, सर्लाहीमा दुई हजार नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७७ मंसिर ३ बुधबार
nc-entry-nepaka.jpg

सर्लाही । नेकपाभित्र विवाद बढ्दै गएपछि त्यसको प्रभाव सर्लाही लगायत देशैभर पर्न थालेको छ । पछिल्लो समय नेपाली कांग्रेसको उर्वर  भूमि मानिने  सर्लाहीमा पनि त्यसको प्रभाव देखिन थालेको हो ।

अहिले सर्लाही क्षेत्रको नं ४ मा दैनिक जसो नेकपा परित्याग गरि काँग्रेस प्रवेश गर्ने बढिरहेका नेपाली कांग्रेसको दाबी रहेको रहेको  छ । नेकपा विवाद र क्षेत्र नं ४ मा भईरहेको विकासका गतिविधिले पनि प्रवेश गर्नेलाई आकर्षण गरेको हुनसक्ने जानकारको अनुमान छ । 

अहिले दिनहुँजसो आफ्नो कामनै पार्टी प्रवेश गराउने हुन थालेको प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहको भनाइ छ । पछिल्लो दुईसातामा मात्र सर्लाही क्षेत्र नं ४ मा २ हजार भन्दा बढी नेकपा र जसपाका कार्यकर्ता आफ्ने पार्टीमा आएको सांसद् सिंहको दाबी छ । यसरी आउनेमा नेकपाका कार्यकर्ता बढी छन् ।

गएको स्थानीय तहको निर्वाचना ७ स्थानीय  तह मध्य  ४ स्थानीय तहमा कांग्रेसले बाजी मारेको भए पनि आउने निर्वानमा ७ वटै स्थनीय तहमा आफुहरुले विजय हासिल गर्ने अर्का कांग्रेस नेता एवं प्रदेश सांसद् उपेन्द्रप्रसाद कुशवाहले जानकारी दिए । अहिले क्षेत्र नं ४ मा नेपाली काँग्रेसले १ संघिय सहित प्रदेशको २ वटै स्थानको प्रतिनिधित्व गरेको छ । 

जन आकांक्षा अनुरुप आफुहरुले काम गरिरहेकाले अब आउने चुनावमा सातै स्थानीय तहमा जित हासिल हुने कुशवाहको दाबी छ । ‘यस क्षेत्रमा  कांग्रेसल थप मजबुत हुँदै गएकाले हामी ढुक्क छौं, प्रदेश सांसद कुशवाहको भने ।

यसै क्रममा ‘धेरै थोरै नभनी जति संख्यामा प्रवेश गर्ने भन्छन् हामी प्रवेश गराई रहेका छौं’, प्रदेश सांसद्  सिंहले भने ‘दुई हजार त नाघिसक्यो ।’ ‘हामी निरन्तर यो अभियानमा छौं, हालै धनकौल गाउँपालिका वार्ड नं २ मा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी राम शरण सहनी, जोखन साहनी र चुनचुन सहनी को नेतृत्वमा ७ घरका परिवारका सदस्य सबै २७ जना नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । गत चुनावमा नेकपाबाट वडा अध्यक्षका प्रत्यासीसमेत कांग्रेसमा आउनु भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ