arrow

पीसीआर नगरि हुम्ला प्रवेश गरेका २ जना स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
arrest-final.jpeg

हुम्ला। बिहिवार जिल्ला बाहिरबाट हवाइजहाजमा सिमकोट आएका २ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको संक्रमण बढी रहेका बेला पीसीआर नै नगरी हवाइजहाजबाट सिमकोट आएका कालिकोट र जाजरकोट जिल्लाका स्थानियवासी भए पनि अहिले २ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्लामा कोरोना भाइरसको संक्रमण वढ्न सक्ने भन्दै प्रहरीले पीसीआर नगरी जिल्ला भित्रिएकाहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेक्समा चेकजाँचका क्रममा पीसीआर रिर्पोट माग्दा नदिए पछि पीसीआर नगरी आएको थाहा हुने बितिकै बिमानस्थल सुरक्षाका लागि खटिएका प्रहरीले बिमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रहरी कार्यालय श्रोतले जनाएको छ ।

हाल उनिहरुलाई सिमकोट गाउँपालिकाको सिमसारमा रहेको सिल्पकला भवनमा राखिएको छ। शुक्रबार उनिहरुको एन्टिजीन टेस्ट किटबाट कोरोना परिक्षण गरिने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताए । उनीहरुको नीजि लगानीमा एन्टिजेन टेस्ट किटबाट परिक्षण गरी नेगेटिभ आए गन्तब्यमा पठाउने र पोजेटीभ आएमा स्वास्थ्यकर्मीको निगरानीमा क्वारिन्टेनमा राख्ने प्रमुख सिंहले बताए । उनीहरु दुबै जना जिल्लामा कार्यरत स्वास्थ्यकर्मी नभए पनि साथिको बिबाहका लागि बिहबार विहान सुर्खेतबाट पीसीआर चेक जाँच विनै हुम्ला सदरमुकाम सिमकोट आइ पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ