arrow

काँग्रेसको सात जिल्लाको निर्वाचन असारको पहिलो साताभित्रै गर्न निर्देशन

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं। नेपाली कांग्रेसले महाधिवेशन अघि निर्वाचन गर्न बाँकी रहेका ७ जिल्लाहरुलाई असारको पहिलोसाता भित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ। काँग्रेसको तराई मधेसका तीनसहित सात जिल्ला र एक क्षेत्रको चुनाव हुन सकेको छैन।
 
चुनाव हुन नसकेका जिल्लाहरुमा सिरहा, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सा, बझाङ र कञ्चनपुर रहेका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले जेठ २५ देखि असार पहिलो सातासम्ममा निर्वाचन गर्न निर्देशन दिएको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ