arrow

जिरी ओपन चेसको उपाधि बद्रीलाल नेपालीलाई

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
jiri-open.jpg

जिरी । तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले जिरीमा सम्पन्न जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि हात पारेका छन् । युवा संजाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा पर्यटकीय नगरी जिरीमा शनिबार सम्पन्न प्रतियोगिताको अन्तिम चरणको खेलमा ललितपुरका भेट्रान खेलाडी हेराकाजी महर्जनमाथि जित हात पार्दैै बद्रीलालले उपाधि प्राप्त गरेका हुन् । 

यसअघि उनले छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष फुयाँलसँग बराबरीको नतिजा निकालेका थिए । ७ खेलमा ६ मा जीत तथा १ बराबरी गरी कुल ६ दशमलब ५ अंक बनाएका बद्रीलालले उपाधिसँगै नगद १० हजार नगद हात पारे ।

छैटौं चरणको खेलमा दोलखाका राजीव कार्कीमाथि सहज जित निकालेका आशिष फुँयाल ७ खेलबाट ६ अंकका साथ प्रतियोगितामा दोश्रो हुन सफल भए । समान ६ अंक बनाएका स्याङ्जाका युवराज पौडेललाई हेड टु हेडमा पछि पारेका फुँयालले नगद ५ हजार प्राप्त गरे । त्यसैगरी तेश्रो स्थानमा रहन सफल युवराजले ३ हजार नगद प्राप्त गरे ।

आयोजक संस्थाका संयोजक समेत रहेका केन्द्रज्योति खड्का ७ खेलबाट ४ दशमलब ५ अंकका साथ स्थानीयतर्फ प्रथम हुँदै ५ हजार प्राप्त गरे । त्यसैगरी ग्यालजेन शेर्पा र धर्मानन्द दाहाल समान चार—चार अंकका साथ स्थानीय तर्फ दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए ।

ललितपुरका हेरकाजी महर्जनले भेट्रानतर्फ पहिलो पुरस्कार प्राप्त गरे । त्यस्तै रौतहटका रामचन्द्र दाहाल तथा दोलखाका बाबुराजा महर्जन भेट्रानतर्फ दोश्रो तथा तेश्रो हुन सफल भए । उता अनरेटेडतर्फ दोलखाका बिबेक कार्की ढली प्रथम भए । महिलातर्फ दोलखाका उषा जिरेल तथा करुना जिरेल पहिलो तथा दोश्रो स्थानमा रहन सफल भए ।

फिडेको स्विस लिग प्रणाली अन्र्तगत ७ चरणमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका ४२ खेलाडीको सहभागीता रहेको थियो । कोभिड—१९ को महामारीपछि नेपालमा पहिलोपटक आयोजित फिडे रेटिङ प्रतियोगिताले उत्साहित बनाएको र आगामी दिनमा अन्र्तराष्ट्रिय प्रतियोगिता गर्नका लागि बाटो खुलेको जिरी नगरपालिकाका मेयर तथा प्रमुख अतिथि टंकबहादुर जिरेलले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ