arrow

झुम्सा खानेपानी आयोजनाः बुटवलवासीको आशैआशमा बित्यो दुई दशक

logo
नारायण वली, 
प्रकाशित २०७७ मंसिर ७ आइतबार
water-pipe.jpg

रुपन्देही । प्रायः हरेक चुनावी गर्मागर्मीमा जुध्ने कुनैपनि दलका नेताहरु निर्वाचनलाई जितमा हात पार्न झुम्सा खानेपानी आयोजनालाई पूरा गर्ने खोक्रो भाषण दिएर चर्चामा ल्याउने गर्दछन् । तर बिडम्वना, झुम्सा खानेपानी आयोजना निश्चित निर्वाचनको समयमा मात्रै चर्चामा आउने र हराउने भएकाले बुटवलवासीहरुले अझै प्रर्याप्तता पाउन सकेका छैनन् ।

पाल्पाको तिनाउ गाउँपालिकास्थित रहेको झुम्साबाट उक्त खानेपानी आयोजनाको काम निर्माण गरी खानेपानीको अभाव रहेको रुपन्देहीको बुटवलमा बस्दै आएका नागरिकहरुलाई खानेपानीको अभाव समस्यालाई हल गर्न विभिन्न पार्टीबाट उमेद्धवारी दिएका नेताहरुले करिब डेढ दशकदेखि सुनाउँदै आएका छन् । 

तर अहिलेसम्म पनि निर्माण कार्य थालनी हुन सकेको छैन । हालसम्म सो आयोजना निर्माणका लागि बजेट विनियोजन भएपनि तर उक्त बजेट कहाँ सदुपयोग भयो भन्ने परिणाम यहाँका नागरिकहरुले पाउन सकेका छैनन् ।

निर्माण कार्य गर्नका लागि लाखौं रुपैयाँ ल्याइएका पाइपहरु अहिले बुटवलको दिपनगरस्थित शिवनगर सामुदायिक वन उपभोक्ता समूहको जंगलमा कन्टिनर गरेर राखिएको छ । 

जसका कारण बुटवलवासीहरुले दुई दशक बितिसक्दा र पटक–पटक विनियोजन भएको रकमको कुनै पत्तो नहुने भएपछि यहाँका नागरिकहरु आशालाई निराशामा पोख्न वाध्य भएका छन् । दुई दशकको बीचमा भएको निर्वाचनका बेला चर्चामा मात्रै आएको उक्त झुम्सा खानेपानी आयोजना किन अहिलेसम्म निर्माण हुन सकेको छैन ? भन्ने जिज्ञासामा नेपाल खानेपानी संस्थान बुटवललाई केही थाहा नभएको प्रतिक्रिया दिएको छ । 

झुम्सा खानेपानी आउला र पिउँला भन्ने आशैआशमा सीमित बन्न पुगेको बुटवल सुख्खानगरका स्थानिय शेरबहादुर खनालले बताए । उनले भने, ‘सो आयोजना निर्माण भएर झुम्साको चिसो पानी खान पाईने भयो भन्ने आशा दुई दशक बितिसक्दा पनि पूरा हुन सकेन ।’ उनले नेताहरुका लागि सो आयोजना चुनावी एजेण्डा मात्रै बन्ने गरेको जनाए ।

प्रत्येक निर्वाचनमा झुम्सा खानेपानी आयोजनालाई जनताले निर्वाचित गरेर सरकार सञ्चालनसम्म पुर्याएमा पूरा गर्ने प्रतिवद्धता जनाउँदै आएका नेकपाका महासचिव विष्णु पौडेल दुई पटक अर्थ मन्त्रालय सम्हाल्दासमेत झुम्सा खानेपानी आयोजनाले अझै मूर्त रुप लिन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ