arrow

भुपुसैनीक संघमा पौडेल पक्षद्धारा देउवा पक्ष पराजित

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
gadana.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल भुतपुर्व सैनीक संघमा झण्डै १५ बर्ष देखि लगातार अध्यक्ष रहदै आएका नारायणप्रसाद कोईरालालाई कर्णेल धनबहादुर मास्की रानाले विस्थापित गरिदिएका छन् । काँग्रेस भित्र कोईराला देउवा पक्षका मानिन्छन भने मास्कीराना पौडेल पक्षका मानिन्छन् । 
 
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा यही २१ र २२ गते भएको पाँचौ अधिवेशनको गएराती सम्पन्न मतगणनाको नतिजा अनुसार मास्कीराना अध्यक्षमा निर्वाचीत भएका हुन् । उनले निवर्तमान अध्यक्ष नारायणप्रसाद कोईरालालाई १०८ भारी मत अन्तरले पराजित गरेको मतगणना प्रतिनिधि योगेश्वर भण्डारीले जानकारी दिए । 
 
संघको कुल मतदाता ३ सय ९९ सय मध्ये २०५ मत खसेकोमा मास्कीरानाले २०१ पाएका थिए भने कोईरालाले ९३ मत मात्र ल्याउन सकेका थिए । 
 
अध्यक्षमा निर्वाचित मास्कीराना पहिलो संविधान सभाको निर्वाचनमा पाल्पा क्षेत्र नं. एकबाट प्रत्यक्ष तर्फको उम्मेदवार समेत भएका थिए । 
 
महासचिवमा मेघराज टण्डनलाई निर्विरोध निर्वाचित गरेको छ भने कोषाध्यक्षमा शिवलाल भुषाललाई हराउदै टोपबहादुर मल्ल निर्वाचित हुनु भएका छन् । 
 
कुल ७३ सदस्यीय केन्द्रीय समितिमा ४९ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गरिएको भण्डारीले जानकारी दिए अन्य पदाधिकारीमा भने पछि मनोनयन गर्ने व्यवस्था रहेको छ । अधिवेशनको गत २१ गते सभापति देउवा र बरिष्ठ नेता पौडेलले उद्घाटन गरेका थिए । 
 
काँग्रेसका लामो समय देखि महाधिवेशन हुन नसकेका अन्य केही भातृ संगठनहरुको पनि महाधिवेशन गर्ने तयारी भईरहेको छ । 
 
काँग्रेसको सवै भन्दा महत्वपुर्ण मानिएको भाृत संगठन नेपाल विद्याथी संघको २०६४ जेठपछि महाधिवेशन भएको छैन । त्यतिवेला चितवनमा भएको महाधिवेशनबाट बद्री पाण्डे, विकास कोईराला, लक्ष्मण ढकाल लगायतका उम्मेदवारलाई हराउदै प्रदिप पौडेल अध्यक्षमा निर्वाचित भएका थिए । उनले पटक पटक मौका पाउदा पनि महाधिवेशन गर्न नसकेपछि पार्टीले रन्जीत कर्णलाई ६ महिना भित्रमा अधिवेशन गर्न भन्दै जिम्मेवारी दिएको पाँच बर्ष भई सक्दा समेत महाधिवेशन गर्न सकेका छैनन् । यसअघि मिति तोक्दै पटक पटक स्थगीत भए पनि अहिले भने उनले महाधिवेशनको मिति तोक्न समेत सकेका छैनन् । 
 
पार्टीको नयाँ कार्यसमितिले ६ महिना भित्रमा महाधिवेशन हुन वाँकी सवै भातृ संगठनको महाधिवेशन गर्ने निर्णय गरेको थियो । 
  
पार्टीभित्र अर्को प्रभावशाली भातृ संगठन मानिने तरुण दलको अधिवेशन आगामी २४ देखि २६ भदौमा हुँदैछ । यस्तै २८ देखि ३० भदौमा महिला संघ र ४ देखि ६ असोजमा किसान संघको अधिवेशन हुँदै छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको महाधिवेशन यही जेठको अन्तीम साता गर्ने भनिएको भएपनि चरम विवादका कारण महाधिवेशन अन्यौलमा परेको छ । 
 
नेपाली काँग्रेस निकट प्राध्यापकहरुको संगठनको रुपमा रहेको संघको महाधिवेशन यही जेठ २७ र २८ गते पोखरामा गर्ने निर्णय भएपनि पर्याप्त तयारी नभएको प्राध्यापकहरुले बताएका छन् । महाधिवेशन तयारीका लागि संघको तर्फबाट कुनै समिति नबनाई संघका अध्यक्ष बासु घिमिरे र महासचिव जगत तिमिल्सीनाले आफै जिम्मेवारी लिएपनि तयारी नगरेका हुन् । 
 
सवै संगठनमा यस्तै अनेकथरी विवाद भएकाले महाधिवेशन ६ महिनामा होला भन्ने आशंका भने उत्तिकै बढ्दै गएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ