arrow

राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो ।

यस्तै रु १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र रु ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ