arrow

चिकित्सकमा कोरोना संक्रमण भएपछि पुनः जिल्ला अस्पताल सिल

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७७ मंसिर ८ सोमबार
humla-namkha-school.jpg

हुम्ला । जिल्ला अस्पताल हुम्लामा कार्यरत एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि सबै सेवा बन्द गर्ने गरी अस्पताल सिल गरिएको छ । अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । 

डाक्टरलाई समेत कोरोना संकमण देखिएपछि अस्पताल प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरिएको जनाएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर जिल्ला अस्पताल सिल गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । 

पछिल्लो समय हुम्लामा समुदायस्तरमा कोरोनाको संक्रमण बढेसंगै गएको कार्तिक दोस्रो साताबाट संचालन गरिएका जिल्ला भरिका सबै बिद्यालय पुनः बन्द भएका छन् । 

केहि दिनअघि  हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको केन्द्रमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थी र ५ अन्य गरी पाँच दिनको अवधिमा ५६ जना कोरोना संक्रमित भेटिएपछि आइतबार जिल्ला अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई कोभिड १९ पुष्टि भएको हो । 

अब प्रभाबकारी रुपमा स्वास्थ्य सेवा कार्यालय हुम्लाले सातवटै स्थानीय तहसँग समन्वय गरेर परिक्षणको दायरालाई बढाएको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रका सदस्यसचिव एवं स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ