arrow

आयोगको म्याद फागुनसम्म छ, सरकार मङ्सिरमा चुनाव गराउन खोज्छ: सभापति देउवा

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
sher-deuba.jpg.jpeg
पोखरा। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको कार्यान्वयनमा तयार नदेखिएको बताएका छन्।
 
पोखरामा भएको कार्यकर्ता भेटघाटमा उनले संविधान कार्यान्वयनका लागि देशमा स्थानीय, प्रादेशिक र राष्ट्रियसभाको निर्वाचन आवश्यक रहेको र स्थानीय निकायको निर्वाचनका लागि स्थानीय स्वायत्त शासन पुनःगठन गर्न गठित आयोगको म्याद फागुनसम्म रहे पनि सरकारले त्यस अगावै मङ्सिरमा चुनाव गर्ने कुरा गरिरहेको बताए।
 
आयोगको दिएको प्रतिवेदनका आधारमा चुनाव हुने हो, उनले भने,  'आयोगको म्याद फागुनसम्म छ तर सरकार मङ्सिरमा चुनाव गराउने कुरा गरिरहेको छ, संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध छैन।'
 
गाउँपालिका र नगरपालिकाको निर्वाचन नभै प्रदेश र राष्ट्रिय सभाको निर्वाचन चुनाव हुन नसक्ने पूर्वप्रधानमन्त्री देउवाले बताए। 'कि सरकारले आयोगको म्याद घटाएर कात्तिक बनाउन पर्‍यो, नेता देउवाले भने, 'चुनावका सम्बन्धमा हामी प्रतिवद्ध छाँ, प्रजातन्त्रवादी कहिल्यै चुनावको विपक्षमा हुँदैन।”
 
सरकारले बजेट दुरुपयोग गर्न खोजेको बताउँदै उनले भने,  'देशको ढुकुटीमा काँग्रेसले जम्मा गरेको हो, त्यसको दुरुपयोग गर्न दिनुहुँदैन।' काँग्रेसमा एकता हुनु आवश्यक भएकामा उनको जोड थियो।
 
सोही अवसरमा काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सहमति, सहकार्य र एकताको भावनालाई दृष्टिगत गरी काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिइन्। काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारको बजेटले महँगी बाँडेको आरोप लागए। अर्का केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र जीवन परियारले नेपालमा राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने धारणा राखे।
 
काँग्रेस कास्कीका सभापति कृष्ण केसीले १३ औँ महाधिवेशनसँगै काँग्रेसमा गुट उपगुटको राजनीति समाप्त भएको र अबको नेपालको नेतृत्व गर्ने जिम्मेवारी पनि काँग्रेसको काँधमा आएको बताए।
 
काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले संविधानको कार्यान्वयन र विद्यमान समस्याको समाधानका लागि नेपाली जनताले काँग्रेसको नेतृत्व अपेक्षा गरेको धारणा राखे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ