arrow

माओवादी केन्द्रको जिल्लामा सांगठनिक संरचना खल्बलियो, नेता कार्यकर्ता रुष्ट

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
dahal-new-1-pic.jpg.jpeg
काठमाडौं । एकता पछि सशक्त बनेको भनि निकै चर्चा भइरहेको नेकपा माओवादी केन्द्रभित्र सांगठनिक संरचनाको विषयलाई लिएर चर्को असन्तुष्टी आइरहेको छ । केन्द्रमा नयाँ व्यक्ति आएपनि पद मिलाउन नसकेपछि अध्यक्ष पुष्पकमल दाहालले तत्काललाई सांगठनिक संरचनाको नयाँ विकल्प खोजेपनि जिल्लामा संरचना निर्माणमा समस्या भएको छ ।
 
काठमाडौं नजिकैको जिल्ला काभ्रेपलान्चोकमा नेता कार्यकर्ताले एकतापछि सांगठनिक संरचना नै मिलाउन नसकिएको भन्दै नेतृत्वप्रति तिब्र आक्रोश पोखेका छन् । काभ्रे जिल्ला अध्यक्ष दिनानाथ गौतमले भने, ‘कार्यक्रम र प्रशिक्षण बहिस्कार गर्ने भन्ने कुरा सम्म पुगेका छैनौं, आन्तरिक समस्या भएको हो ।’ पार्टी एकतापछि नयाँ र पुरानाबीचमा सन्तुलन ल्यायो । सांगठनिक विधि र पद्दतिबारे हामीले असन्तुष्टी राखेका छौं, उनले थपे, ‘जब सम्म सांगठनिक संरचनाको समस्या समाधान हुँदैन तबसम्म हाम्रो असन्तोष रहिरहन्छ ।’ यद्यपि, पुरानै संरचनामा जाउँ भन्न खोजेको हैन । 
 
मकवानपुर जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीले आफुहरुले कार्यक्रम बहिस्कार नगरको बताए । उनले भने, ‘सांगठनिक संरचना बनाउने काठमाडौंको अनुपम पार्टी प्यालेसको कार्यक्रममा केही साथीहरु गएका थिए । केही हामीले भ्याएनौं । बहिस्कार नै गरेको भन्ने होइन ।’ आगामी कार्यक्रम बहिस्कार गर्ने कुरा आ छ ? जवाफमा उनले भने, ‘त्यसो केही भएकै छैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ