arrow

दाङकी ७७ बर्षीया कोरोना संक्रमित महिलाको कोहलपुरमा मृत्यु 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ मंसिर १० बुधबार
corona-killed-final.jpg

नेपालगञ्ज । कोरोना संक्रमणबाट दाङकी एक महिलाको कोहलपुरमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की ७७ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार राति सवा १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

स्वास्थ्यमा समस्या आए पश्चात् मंसिर ५ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो । मंसिर ६ गते उनमा कोरोना पुष्टि भएको थियो । 

विरामीकोे रोगको प्रकृतिअनुसार उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि उनको मंगलबार राति मृत्यु भएको श्रेष्ठले जानकारी दिए । 

यो संगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ