arrow

नक्सा जारी गर्ने ओली सरकार क्षेत्रफल सार्वजनिक गर्न रोकियो, प्रधानमन्त्री कार्यालयको निर्देशनमा विभागको प्रस्ताव गोप्य

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १० बुधबार
nepal-map.jpg

काठमाडौं। सरकारले लिपुलेक,कालापानी तथा लिम्पियाधुरालाई समेटर नयाँ नक्सा जारी गरेको ७ महिना पूरा भएको छ तर नयाँ नक्सा अनुसार नापी विभागले मापन गरेको कुल क्षेत्रफलको रिपोर्टलाई भने सरकारले रोकेर राखेको छ । विभागले गत असोजमै नयाँ नक्सा अनुसार नेपालको कुल क्षेत्रफल मापन गरेको थियो । जस अनुसार नेपालको कुला क्षेत्रफल १ लाख ४८ हजार ७ वर्ग किमि रहेको जनाएको थियो । विभागले यस सम्बन्धमा प्रतिबेदन असोजमै भूमि व्यवस्था मन्त्रालयलाई बुझाएको थियो । तर मन्त्रालयले यो प्रतिबेदन अझै गोप्य भन्दै राखेको छ । मन्त्रालयले मन्त्रिपरिषद्मा प्रतिबेदन लगेको छैन । मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, नयाँ नक्सा जारी भइसके पछि नयाँ नक्सा अनुसार मापन गरेको क्षेत्रफल गोप्य राख्नु पर्ने कारण छैन ।’

यती मात्र होइन, मन्त्रालयले नाप नक्सा समितिको बैठक समेत बोलाइएको छैन । मन्त्रालयका सचिव अध्यक्ष रहने नाप नक्सा समितिको बैठकमा गृह, रक्षा, परराष्ट्र मन्त्रालयका सहसचिव पदेन सदस्य हुने व्यवस्था छ । यसैगरी त्रिभुवन विश्वविद्यालय भूगोल विभाग प्रमुख उक्त समितिको सदस्य हुने व्यवस्था कानुनमा छ। मन्त्रालयले  प्रस्ताव लैजानु अघि नापनक्सा समितिले उक्त प्रस्ताव पास गर्नु पर्ने व्यवस्था छ।

मन्त्रालय उच्च स्रोत भन्छ, प्रधानमन्त्रीको कार्यालयको निर्देशनमा विभागको प्रस्तावलाई गोप्य राखिएको हो । प्रस्ताव तत्काल अघि नबढाउन  प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएको स्रोतको भनाइ छ । उक्त प्रस्तावको बारेमा मन्त्रालयका कर्मचारीहरु औपचारिक रुपमा बोल्न चाहन्नन् । विभागका कर्मचारीहरु पनि यस विषयमा बोल्दैनन् । 

शिक्षा मन्त्रालयले करिब ३ महिना अघि आधिकारिक क्षेत्रफल तोकि तयार गरिएको एक पुस्तकलाई माध्यामिक तहको पाठयक्रममा राख्न स्विकृति दिएको थियो । शिक्षामन्त्री स्वयंले औपचारिक कार्यक्रम गरी पाठयक्रममा उक्त पुस्तक राख्ने घोषणा गरेका थिए । तर उक्त पुस्तकलाई बजारमा नपठाउन प्रधानमन्त्री तत्काल कार्यालयले निर्देशन दियो । प्रधानमन्त्री कार्यालयको निर्देशन पछि उक्त पुस्तक पाठयक्रमबाट हटाइयो । उक्त पाठयक्रममा नेपालको ४सय ६० दशमलब २८ वर्ग किलोमिटर क्षेत्रफल समावेश गरिएको थियो । सो पुस्तककमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१दशमलब २८ वर्ग किलोमिटर रहेको जनाइएको थियो । ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नाम राखिएको उक्त पुस्तकका लेखक कोमलचन्द्र बराल हुन् । पुस्तककमा कालापानी,लिपुलेक तथा लिम्पियाधुर क्षेत्र समेटर नेपालको कुल क्षेत्रफलमा ४ सय ६० दशमलब २८ वर्ग किलोमिटर भूभाग थप गरिएको थियो । 

जेठ ७ सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटर नयाँ नक्सा जारी गरे पछि नयाँ नक्सा अनुसार सरकारले आधिकारिक क्षेत्रफल घोषणा गरेको छैन । नक्सा जारी गरे लगत्तै मन्त्रालयले नापी विभागलाई अद्यावधिक गरिएको नक्सा अनुसार क्षेत्रफल नापजाँच गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन पछि विभागका प्राविधिकहरुले नयाँ नक्सा अनुसार क्षेत्रफल नापजाँच गरेका थिए । अहिले हामीले ‘एरिया अफ नेपाल’भनी सर्च गर्यौ‍ भने गुगुलले नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५सय १६ वर्ग किमि देखाउँछ । तर यो क्षेत्रफल आधिकारिक होइन । नयाँ नक्सा जारी गर्नु अघि नेपालको आधिकारिक क्षेत्रफल १ लाख ४७ हजार १सय ८१ वर्ग कि.मि. थियो । त्यसअघि, गुगलले पनि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमि देखाउने गरेको थियो ।  

सरकारले अद्यावधिक गरेको नयाँ नक्सालाई प्रतिनिधिसभाबाट २०७७ जेठ ३१ गते संविधानको अनुसूची ३ मा राख्ने प्रस्तावलाई सर्वसम्मत पास गरेको थियो । नापी विभागले लिपुलेक तथा लिम्पियाधुराको क्षेत्रफलको करिब तीन सय ३५ वर्ग किमि रहेको जनाएको छ । जसअनुसार नेपालको क्षेत्रफलमा लिपुलेक र लिम्पियाधुराको क्षेत्रफल जोड्दा एक लाख ४७ हजार पाँच सय १६ पुगेको हो । यसलाई आधार मानि गुगलले नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५सय १६ देखाएको हो । तर विभागका कर्मचारीहरुले गरेको नाप जाँचमा १लाख ४७ हजार ५सय १६ वर्ग किमिभन्दा बढी भएको देखाएका छन् । 

नयाँ नक्सा अद्यावधिक गर्नुअघि नेपालले घोषणा गरेको आधिकारिक क्षेत्रफल (एक लाख ४७ हजार १ सय ८१ वर्ग किमि) सन् १९८३ मा गरिएको मापन हो । क्यानडा सरकारको सहयोगमा एलआरएमपी (ल्यान्ड रिर्सोसेज म्यापिङ प्रोजेक्ट) ले सन् १९८३ मा गरेको मापनमा नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ रहेको रिपोर्ट बुझाएको थियो । सो रिपोर्टको आधारमा सरकारले नेपालको आधिकारिक क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ मान्दै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ