arrow

रोल्पामा भव्य कार्यक्रमबीच वातावरण दिवस

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ जेठ २३ आइतबार
rolpa-was.jpg.jpeg
रोल्पा  । १७ औं राष्ट्रिय सरसफाइ सप्ताह एवम् विश्व वातावरण दिवस रोल्पामा प्रभात फेरी बजार सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरी मनाइएको छ ।  जिविस रोल्पा, लिबाङ नगरपालिका रोल्पा र जिल्ला शिक्षा कार्यालय रोल्पाको ब्यवस्थापन तथा जिल्ला वन कार्यालय रोल्पा र जिल्ला भू संरक्षण कार्यालय रोल्पाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
 
साप्ताहिक कार्यक्रम अनुसार जेठ २४ र २५ गते जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय सरसफाइ गर्ने कार्यक्रम रहेको छ भने जेठ २६ गते जैमाकसला, फगाम र मिझिङ गाविसमा भीवाससीसी रोल्पा र नेपाल रेडक्रस सोसाइटी रोल्पाको ब्यवस्थापन एवम् सहयोगमा सरसफाइ समवन्धी गाविस स्तरीय दोहोरी गीत प्रतियोगीताको आयोजना गरिएको छ  । त्यसैगरी जेठ २७ गते जंकोट र जिनाबाङ गाविसमा भीवाससीसी रोल्पा र पास नेपाल रोल्पाको ब्यवस्थापन तथा आर्थिक सहयोगमा गाविस स्तरीय सरसफाइ सम्वन्धी विभिन्न क्रियाकलापहरु गरिने भएको छ । 
 
जेठ २८ गते लिबाङ नगरपालिका, ललित साहित्य परिषद् र लोक दोहरी गीत प्रतिष्ठान को ब्यवस्थापन तथा लिबाङ नगरपालिका, डिकोसद्वारा संचालित पहल कार्यक्रम र खानेपानी कार्यालयको आर्थिक सहयोगमा लिबाङ गाविस खुल्ला दिसामुक्त घोषणा भएको उत्सव मनाउने, अन्तर मावि स्तरीय बक्तृत्वकला प्रतियोगीता र दोहोरी गीत प्रतियोगीता सम्पन्न गर्ने कार्यक्रम रहेको छ । 
 
त्यसैगरी जेठ २३ गतेदेखि २९ गते सम्म संचालन हुने विभिन्न कार्यक्रमहरुका लागि गाविस स्तरमा तय गर्ने वातावरण तथा सरसफाइ सम्वन्धी सन्देशहरु प्रसारण गर्ने कार्यक्रम रहेको जिविस रोल्पाका सरसफाइ फोकल पर्सन एवम् स्थानीय विकास कोषका कार्यकारी सचिव दामोदर प्रसाद सुवेदीले जानकारी दिए  
 
उनलका अनुसार १७ औं राष्ट्रिय सरसफाइ सप्ताह एवम् विश्व वातावरण दिवसका अवसरमा जेठ २१ र २२ गते सम्पूर्ण सरकारी तथा गैरसरकारी  कार्यालयहरुले आआफ्ना कार्यालय परिषरमा सरसफाइ सप्ताहको ब्यानर राख्नुका साथै कार्यालय परिषरमा सरसफाइ गर्ने कार्यक्रम सम्पन्न गरेको पनि सुवेदीले जानकारी दिए । 
 
लिबाङको टुडिखेलबाट निस्किएको र्‍याली बजार परिक्रमापछि बालकल्याण उच्च माध्यमिक विद्यालयमा गएर बृक्षारोपण कार्यक्रमसंगै कोण सभामा परिणत भएको थियो । स्थानीय विकास अधिकारी सुशील बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको प्रमुख आतिथ्यता रहको थियो भने विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरु तथा नेपाली सेना, नेपाल प्रहरी, सदरमुकाम स्थित विभिन्न विद्यालयका छात्रछात्राहरुको बाक्लो उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ