arrow

दौलतपुरमा जङ्गली हरिण फेला

logo
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
pretty_deers.jpeg

विराटनगर । मोरङको रङ्गेली नगरपालिका–३  दौलतपुरमा जङ्गली हरिण भेटिएको छ । 

स्थानीयवासी शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको भाले हरिणलाई स्थानीयवासीले नियन्त्रणमा लिई बिहिबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

 इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले हरिणलाई आमतोलास्थित सबडिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

 जङ्गलबाट आएको  हरिणले करिब ३० किमीको यात्रा पार गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ