arrow

गोप्य सहमति दिएपछि झुम्सा खानेपानी आयोजनाको ड्याम शिलान्यास

logo
नारायण वली,
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
poudel9.jpg

रुपन्देही । दुई दशकदेखि निर्माण कार्य पुरा हुन नसकेको झुम्सा खानेपानी आयोजना निर्माणको लागि ड्याम विहिवार (आज) शिलान्यास गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन् । जुन ड्यामको शिलान्यास गर्दा त्यस क्षेत्रका मुहान प्रभावित क्षेत्रका स्थानीयहरुलाई कुनै सुईको दिईएन् । जसले गर्दा त्यहाँका स्थानीयहरुले असुन्तुष्टि व्यक्त गरेका छन् ।

रुपन्देहीको बुटवल उप–महानगरपालिको लागि अत्यन्तै महत्वको रुपमा रहेको सो झुम्सा खानेपानी आयोजना स्थानीयहरुको मागलाई पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष ओम वहादुर घर्तीले रातारात कसैलाई पनि सुईको नदिई सहमति दिएपछि अलपत्र आयोजनाको ड्याम निर्माण गर्नका लागि शिलान्यास गरिएको हो । सो आयोजनाको कूल लागत ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ रहेको वताईएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नं.४ झुम्सामा पर्ने मुहानबाट बुटवलमा खानेपानी ल्याउनका लागि विहिबार ड्यामको शिलान्यास गरिएकोमा त्यस क्षेत्रका मुहान प्रभावित जनताहरुले असहमति जनाएको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिएका छन् ।

गएराती गाउँपालिकाका अध्यक्ष घर्ति र प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको गोप्य सहमतिमा उक्त विवादित मुहान वाट बुटवलमा पानी ल्याउनका लागि निर्माण गरिने भौतिक संरचना वनाउनका लागि स्विकृती दिएपछि शिलान्यास गरिएको गाउँपालिका प्रवक्ता श्रेष्ठको भनाई रहेको छ ।

गाउँपालिका अध्यक्ष घर्तीले पालिकाका अन्य जनप्रतिनिधि एंव मुहान प्रभावित नागरिकहरुलाई समेत कुनै जानकारी नदिएर आयोजनाका लागि मुहानबाट पानी लैजान रातारात स्वीकृत दिएपछि त्यहाँका स्थानीयहरु आक्रोशित भएका हुन् । साथै उनीहरुले, स्थानीयहरुको समस्यालाई लत्याएर रातारात स्विकृति दिनुलाई प्रमुख प्रशासकिय अधिकृत समेतको संलग्नतामा कुनै व्यक्तिगत स्वार्थ लुकेको हुनुपर्ने आशंका जनाएका छन् ।

स्थानीयहरुले मुहान प्रभावित क्षेत्रका जनताहरुले त्यहाँको जलाधार क्षेत्र संरक्षण, सडक निर्माण र प्रभावितहरुलाई रोजगारी लगायतका विभिन्न मागहरु राख्दै आएकोमा गाउँपालिका अध्यक्षले आफुखुसी रातारात अध्यक्ष घर्ती र प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले निर्णय लिएपछि स्थानीयले असन्तुष्टि पोखेका छन् । 

यता तिनाउ गाउँपालिकाका अध्यक्ष घर्तीले भने, कार्यालयमा हिजो मात्रै सहमति जनाउँन पत्र आएको वताउँदै, मुहान प्रभावित क्षेत्रको संरक्षण र स्थानीयहरुको मागलाई पत्रमा सम्वोधन गर्ने जनाईएपछि ड्याम वनाउन स्विकृती दिएको वताएका छन् । उनले भने, प्रमुख प्रशासकीय अधिकृत र आफू दुई जनाले मात्रै निर्णय लिएको स्विकार गर्दै आयोजना प्रभावित नहोस् भन्ने अभिप्रायले स्विकृति दिएको वताए ।

प्रभावित क्षेत्रका स्थानीयहरुले प्रभावितहरुलाई रोजगार, जलाधार क्षेत्र संरक्षणको लागि वार्षिक रुपमा बजेटको व्यवस्था हुनुपर्ने र सो क्षेत्रमा सडक निर्माण लगायतका माग र सम्झौता विपरित गाउँपालिका अध्यक्षले जनभावना विपरित स्विकृती दिदा स्थानीयहरुले विरोध जनाएको, प्रभावित वडाका अध्यक्ष दान बहादुर गाहाले वताएका छन् ।

बुटवल खानेपानी संस्थानका प्रमुख मोहनदत्त भट्टले मुहान क्षेत्रको संरक्षण्को लागि बुटवल उप–महानगरपालिकाले २५ लाख रुपैयाँ र खानेपानी संस्थान बुटवलले वार्षिक १५ लाख रुपैयाँ विनियोजन गर्ने सहमति भएको जनाए । तर त्यस क्षेत्रका स्थानीयहरुले भने, वार्षिक ५० लाख रुपैयाँ संरक्षणका लागि बजेट विनियोजन गरिनु पर्ने माग गर्दै आएको वुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ