arrow

बागलुङ तरुण दल अध्यक्षमा 'बाबु' निर्वाचित

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
babu-umakant-sharma.jpg.jpeg
बागलुङ। नेपाल तरुण दल बागलुङको अध्यक्षमा उमाकान्त शर्मा ‘बाबु’ बिजयी भएका छन्। जिल्ला अधिवेशनमा दूई प्रत्यासीलाई पराजित गर्दै शर्मा भारी मतले विजयी भएका हुन्।
 
शर्माले कुल खसेको २ सय १५ मतमा १ सय १५ मत प्राप्त गरेका थिए। उनका प्रत्यासी शिसाखानीका यामेन्द्र घर्तिले ५१ र बुर्तिबाङका दिपेन्द्र श्रेष्ठले ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भुमिश्वर गौतमले बताए। शर्माले यस अधि बागलुङ उद्योग बाणिज्य सघंको निर्वाचनमा सर्वा्धिक मत लिएर म्यान अफ दि इलेक्सन बनेका थिए।
 
नेपाली काँग्रेस क्षेत्र नं १ को क्षेत्रीय अध्यक्ष भैसकेका शर्मा युवा माझ लोकप्रिय छन्। तरुण दलको जिल्ला उपाध्यक्षमा कृष्णप्रसाद शर्मा प्रत्यासी लोकराज खड्कालाई पराजित गर्दै बिजयी बनेका छन्। बिजयी शर्माले १ सय २८ र खड्काले ५७ मत प्राप्त गरेका छन्। ३ सय ६५ प्रतिनिधि रहेको अधिवेशनमा १ सय ५० प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए। यसैगरी, सचिवमा अमर लोप्चन १ सय २७ मतका साथ बिजयी भएका छन्। उनका प्रत्यासी दुर्गाबहादुर बोहराले ६६ मत ल्याएका थिए।
 
कोषाध्यक्षमा देवेन्द्रकुमार घर्ती सर्वसम्मत चयन भएका छन। एक खुल्ला केन्द्रिय प्रतिनिधिमा श्रीधर महिला महाधिवेशन प्रतिनिधिमा शिवकुमारी खत्री बिजयी भएका छन। त्यसै गरी अल्पसंख्यक महाधिवेशन प्रतिनिधिमा सुमन भुषाल दलित महाधिवेशन प्रतिनिधिमा रेशम नेपाली, निर्वा्चित भएका छन। त्यस्तै महिला केन्द्रिय प्रतिनिधिमा भिमकली श्रीस र जनजाति प्रतिनिधिमा मणी शेरचन निर्विरोध निर्वा्िचत भएको निर्वाचन अधिकृत गौतमले बताए।
 
अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास बिफल भएपछि निर्वाचन गरिएको थियो। अधिवेशनको शनिवार नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ