arrow

मुम्बई आतंकवादी घटनाको विरोधमा जनकपुरमा र्याली

logo
संजीव विक्रम शाह, 
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
janakpur-aatanka-biruddha.jpg

जनकपुरधाम । विश्व शान्तिको कामना गर्दै भारतको मुम्बईमा भएको आतंकवादी हमलाको विरुद्धमा जनकपुरधाममा मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ । सन् २००८ मा मुम्बईमा भएको आतंकी हमलाको १२ औं वार्षिकीको अवसरमा राष्ट्रिय एकता अभियानको नेतृत्वमा जनकपुरधाममा मोटरसाइकल र्याली प्रदर्शन गरेको हो ।
 
बिहीबार जनक चोकबाट शुरु गरिएको सो मोटरसाइकल र्याली जानकी मन्दिर पुगेर कोण सभामा परिणत भई सम्पन्न भएको थियो । सहभागीहरुले मुम्बई आक्रमणको बाह्य सहयोगीलाई कार्वाही गर, पाकिस्तान–आतंकवादको सम्बद्र्धन बन्द गर, विश्व शान्ति कायम गर, निर्दोष हत्याको शृङ्खला बन्द गर, पाकिस्तानमा लुकेका आतंकवादीलाई कारवाही गर, हिन्दु राष्ट्र नेपाल जिन्दावाद र राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
 
त्यसैगरी सो अवसरमा सप्तरीको राजविराज र सिरहाको लहानमा सो आतंकी हमलाको स्मरण गर्दै त्यस विरुद्ध घटना सम्बन्धी भिडियो समेत प्रदर्शन गरिएको छ । 

२६ नोवेम्बर २००८ मा मुम्बईको विभिन्न स्थानमा भएको पाकिस्तानी आतंकी हमलामा डेढ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने तीन सयभन्दा बढी घाइते भएका थिए ।

आतंकवादीहरुले मुम्बईको पांचतारे होटल ताज लियोपेड क्याफेलाई बन्धक बनाएर हमला गर्नुका साथै सिएसटी रेलवे स्टेशन, नरिमन हाउस, मेट्रो सिनेमा हल सहित १२ ठाउँलाई निशाना बनाएर हमला गरेको थियो । 

भारतको इतिहासमा यो सबैभन्दा ठूलो आतंकी हमला थियो । हमलाकारी मध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भएको थियो भने पक्राउ परेका एकमात्र हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई सन् २०१२ मा फाँसी दिइएको थियो । 

फाँसीको सजाय हुनुअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ए–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए । हमलामा मारिएका आतंकीहरु सो संगठनकै सदस्य रहेको भन्ने खुलासा समेत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ