arrow

मन्त्रीले नै संरक्षण गरे पछि सरकारले खटाएको ठाउँमा गएनन् यी सहसचिवहरु

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
yogesh-bhattrai-minsiter-tourisum.jpg

काठमाडौं। पर्यटनमन्त्री योगेश भट्टराईले संरक्षण गरे पछि पर्यटन मन्त्रालयका एक सहसचिव सरकारले खटाएको ठाउँमा नगइ अटेर गररै काठमाडौ बसेका छन्। गत भदौको पहिलो साता मन्त्रिपरिषद्को बैठकले ताप्लेजुङका कमल भट्टराईलाई कर्णाली प्रदेशमा खटाएको थियो। तर अहिलेसम्म उनी सरकारले खटाएको ठाउँमा नगी अटेर गरी काठमाडौ बस्दै आएका छन् । भट्टराई अहिलेसम्म एक पटक पनि कर्णाली प्रदेशमा हाजिरी गर्न गएका छैनन् । नेपाल कम्युनिस्ट पार्टी निकट भट्टराईलाई पर्यटनमन्त्री योगेश भट्टराईको संरक्षण रहेको छ।

भट्टराई पूर्व माओवादी निकट कर्मचारी हुन् । रेखा शर्मा सामान्य प्रशासन मन्त्री भएको बेला २०७२सालमा शर्माले भट्टराईलाई हङकङस्थित महावाणिज्यदुतमा पठाएकी थिइन । अहिले गुट फेरेर उनी पर्यटनमन्त्री निकट भएका छन् । ‘भट्टराइलाई हङकङ जान उनलाई पायक पर्यो, तर कर्णाली जान पाएक परेन’ पर्यटन मन्त्रालयका एक कर्मचारी व्यग्यं गर्छन । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संरक्षण गरे पछि दाङका भरतराज सुबेदी पनि सरकारले खटाएको ठाउँमा हाजिरी गर्न गएका छैनन । उनी अहिले पनि लुम्विनी प्रदेशको मुख्य मन्त्री कार्यालयमै अटेर गरेर बसेका छन् । यसपटक सचिवमा बढुवा हुने उनको सपना भने पूरा भएन।

विभागीय मन्त्रीले संरक्षणा गरे पछि आधा दर्जन भन्दा बढी सहसचिवहरु सरकारले खटाएको ठाउँमा हाजिरी गर्न गएका छैनन । मन्त्रिपरिषदले भदौको पहिलो साता एकै पटक ६० जना सहसचिवहरुलाई विभिन्न कार्यालयमा सरुवा गरेका थिए । ती मध्ये ६ जना सहसचिव अहिलेसम्म सरकारले खटाएको ठाउँमा गएका छैनन् । सरकारले खटाएको ठाउँमा नजाने सहसचिवहरु नेपाल कम्युनिस्ट पार्टी निकट छन् । ‘सरकारले  खटाएको ठाउमा नजानुको मुख्य कारण पनि विभागीय मन्त्रीको संरक्षण हो’स्रोतले भन्यो ।

अर्थमन्त्री बिष्णु पौडेलले संरक्षण गरे पछि अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल अहिलेसम्म एक पटक पनि सुदूर पश्चिम प्रदेशमा हाजिरी गर्न गएका छैनन् । उनलाई सरकारले भदौको पहिलो साता अर्थ मन्त्रालयबाट सूदूर पश्चिम प्रदेशमा खटाएको थियो । नेपाल अहिले अर्थ मन्त्रालयको बैदेशिक शाखामा कार्यरत छन्। 

यसैगरी सरकारले खटाएको ठाउँमा नजानेमा भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव गोपाल सिग्देल पनि हुन् । उनलाई सरकारले गत भदौमा संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट कर्णाली प्रदेशको भौतिक पूवाधार मन्त्रालयमा सरुवा गरेका थियो । उनी अहिलेसम्म एक पटक पनि सरकारले खटाएको ठाउँमा गएका छैनन । उनलाई भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङको संरक्षणा रहेको बताइन्छ । 

यसैगरी प्रधानमन्त्री कार्यालयका सहसचिव दिनेश घिमिरे पनि सरकारले खटाएको ठाउँमा गएका छैनन । उनलाई सरकारले प्रदेश १को मुख्यमन्त्रीको कार्यालयमा खटाएको थियो । सरकारले खटाएको ठाउँमा नगइ अटेर गरेर काठमाडौ बस्ने अर्का सहसचिव हुन खगेन्द्र सुबेदी । उनलाई सरकारले गत  भदौका पहिलो साता लोकसेवा आयोगको कार्यालयबाट ५ नम्बर प्रदेशको मुख्य मन्त्रीको कार्यालयमा सरुवा गरेका थियो । तर उनी अहिलेसम्म एक पटक पनि सरकारले खटाएको ठाउँमा हाजिरी गर्न गएका छैनन । लोकसेवा आयोगमै हाजिरी गरेर बसेका छन् । 

संघीय मन्त्रालय स्रोतका अनुसार, नेपाल कम्युनिस्ट पार्टीसँग निकट नभएका सहसचिवहरु भने सरकारले खटाएको ठाउँमा हाजिरी गर्न गएका छन् । वरिष्ठ सहसचिवहरु नै सरकारले खटाएको ठाउँमा नगए पछि केही उपसचिवहरुले पनि यसको सिको गर्न थालेका छन् । संघीय मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले सरकारले खटाएको ठाउँमा राष्ट्रसेवक कर्मचारीहरुले हाजिरी गर्नुपर्ने बताए।

निजामती सेवा ऐन २०४९ अनुसार सरकारले खटाएको ठाउँमा २१ दिन भित्र राष्ट्रसेवक कर्मचारी हाजिरी  गर्न जानु पर्ने व्यवस्था गरिएको छ । २१ दिनभित्र हाजिरी गर्न नजाने कर्मचारीलाई कारबाही गर्ने व्यवस्था पनि ऐनमा छ । तर यी वरिष्ठ सहसचिवहरुलाई कसले कारबाही गर्ने ?संघीय मन्त्रालयका एक उच्च कर्मचारी प्रश्न गर्छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ