arrow

डडेल्धुरा सूचना तथा प्रचार बिभागको संयोजकको जिम्मेवारी अवस्थीलाई 

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
awasti.jpg

कञ्चनपुर । नेपाल प्रजातान्त्रिक महासंघको  सुदुर पश्चिम प्रदेशको सूचना , प्रविधी तथा प्रचार बिभाग डडेल्धुरा  जिल्ला समितीको संयोजकमा दीपेन्द्र अवस्थीलाई जिम्मेवारी दिइएको छ । 

अवस्थी नेपाल प्रेस युनियनका सुदुर पश्चिम प्रदेश पार्षद हुन ।  प्रेस युनियन डडेल्धुरा शाखाका सदस्य सुष्मिता थापालाई सचीवमा जिम्मेवारी दिइएको महासंघ केन्द्रिय सदस्य एवं सूचना प्रविधि तथा प्रचार बिभाग संयोजक रोजी ढकाल पराजुलीले बताइन् ।  

 त्यसै गरि बिभागको डडेल्धुरा   समितिमा सदस्यहरुमा टंक पनेरू , ललिता साउँद र मनोज देउवालाई महासंघको सूचना , प्रविधि तथा प्रचार बिभागले बुधबार   मनोनयन गरि जिम्मेवारी दिएको केन्द्रिय संयोजक पराजुलीले बताइन । 

नेपाल प्रजातान्त्रिक महासंघले देशभर आफ्ना विभिन्न संगठनहरुलाई बिस्तार गर्ने अभियान अन्तर्गत सुदुर पश्चिम प्रदेशका हरेक जिल्लामा बिभाग गठनको प्रक्रिया सुरु गरिएको महासंघको सूचना , प्रविधी तथा प्रचार बिभागका प्रदेश संयोजक दीपेन्द्र बस्नेतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ