arrow

जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु, एक गम्भीर, चालक फरार 

सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा

logo
प्रकाशित २०७७ मंसिर १३ शनिबार
accident-final.jpeg

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७  पोखरामा चारको मृत्यु भएको छ ।
 
आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप शुक्रबार राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए । 

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उनले जानकारी दिए । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ