arrow

जाडो बढेसँगै लिमीको पाटनबाट गाउँ सरे चौंरी गोठ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
yak-farm-humla.jpg

हुम्ला। गर्मी बढेसँगै गत जेष्ठ महिना लिमीका उच्च पाटनमा सारिएका चौरी गोठ अहिले लेखमा जाडो बढेसँगै लिमीका गाउँमा सरेका छन्। हिमपात सुरु भएसंगै चिसो बढेपछि उच्च पाटनका चौरी गोठ गाउँमा झारिएका हुन्। नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको गाउँहरु लिमीको तिल, हल्जी र जाङ गाउँका ३ सय भन्दा बढी चौरीका लागि उच्च पाटनमा सारिएका गोठ अहिले जाडो भएपछि गाउमा सारिएका हुन्। गत जेठ महिनामा लिमीका गाउँबाट उच्च पाटनमा सारिएका खर्क यतिखेर जाडोका कारण गाउँमा आई पुगेको नाम्खा ६ हल्जीका फुन्जोक तामाङल बताए।

अहिले गत वर्षभन्दा हिमपात अगाडी भएको कारण एक हप्ता अगाडी चौरी गोठ गाउँमा सारिएको हो। लिमीका तीन वटै गाउँमा पाल टाँगेर गोठ बनाएर चौरीलाई राख्ने गरिन्छ। लिमीका तीन वटै गाउँमा पाटनमा रहेका तीन सय चौरी लेखमा जाडो बढेपछि गाउँमा आई पुगेको वडा अध्यक्ष पाल्जोर तामाङले बताए। किसानलाई यसवाट मल पनि जम्मा गर्न सहज हुने गर्छ। चौरी गाई गाउँमा आएसंगै घ्यु, छुर्पी, चीज र नौनी पनि ढुवानी गरेर गाउँमा आएको उनले बताए।

पाटनबाट चौरी गाउँमा पुगेपछि गोठालाहरुले ल्याएका घ्यु, चीज, छुर्पी र नौनी पहिला गाउँका सबैलाई नासो दिने र बचेको जति मात्र बिक्रि गर्ने भएकाले यसवर्ष राम्रो उत्पादन भएको वडा अध्यक्ष तामाङले बताए। चौरीको छुप्री प्रति केजी सात सय रुपियाँ र घ्यु प्रतिकेजी एक हजार सात सय मुल्य पर्ने गर्छ। यी चीज बिक्रीका लागि सदरमुकाम सिमकोटसम्म ल्याउने गरिन्छ। चौरी नै लिमीका स्थानीयको कमाईको मुख्य श्रोत बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ