arrow

ओली सरकारलाई संविधान कार्यान्वयनमा कुनै चिन्ता छैन : देउवा

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
sher-deuba.jpg.jpeg
भक्तपुर  । काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताएका छन् । शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको चौथो वार्षिक स्मृति सभामा देउवाले स्थानीय निकायको निर्वाचन अत्यावश्यक रहेको बताए ।  
 
सभापति देउवाले भने, ‘संविधान कार्यान्वयन सजिलो छैन । संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्छ । संसदीय निर्वाचन र राष्ट्रिय सभाको निर्वाचन हुनुपर्छ, तब मात्र संविधानको सफल कार्यान्वयन हुन्छ ।’ ओली सरकारलाई संविधान कार्यान्वयनमा कुनै चिन्ता छैन, झुटा आश्वासन दिएर मात्रै हुँदैन ।  
 
ठूलो दलको हैसियतले संविधान कार्यान्वयनको जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको बताउँदै देउवाले थपे, संविधान कार्यान्वयनमा सरकारले चासो दिएन । संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस तयार छ ।’ 
 
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य विमलेन्द्र नीधिले सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम हास्यास्पद भएको टिप्पणी गर्दै बजेट आत्मघाती भएको बताए ।  काँग्रेसका अर्का केन्द्रीय सदस्य प्रकाशशरण महतले भने, ‘कुरा मात्रै गर्ने काम नगर्ने सपना बाँडेर बस्ने लल्लु सरकार भएकाले अहिले देश विकास नभएको हो ।’ 
 
त्यस अवसरमा सांसद रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा लगायतले काँग्रेसले अब सरकारको नेतृत्वको भूमिका लिन अग्रसर हुनुपर्ने बताए ।  कार्यक्रममा मेधा मावि कक्षा १० की अनु नायबालाई १० हजार, मेधाकै कक्षा ८ का कृष्ण ध्वजूलाई  नौ हजार, बागेश्वरी उमावि कक्षा ६ की सृजना ङाखुसी, देउजा गाउँ निमावि कक्षा ५ का रुपेश दुलाललाई जनही नगद पाँच हजारको छात्रवृत्ति पनिे उहाँले प्रदान गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ