करिडोर–खानेपानी शिलान्यासले बुटवलका जनताको घाउ निको हुदैन : भरत कुमार शाह
नारायण वली,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
821
Shares
रुपन्देही। प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नेकपा भित्रको आन्तरिक द्धन्द्ध तथा भ्रष्टाचारका कारण देश पछिल्लो समय विखण्डित दिशामा जाँदै गरको वताएका छन्। सभापती शाहले सरकार नै एकपक्षिय रुपमा चल्दा भ्रष्टाचारीहरु कारबाहीको दायरामा नपरेको समेत बताए।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले शनिवार (आज) बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सभापति शाहले प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षणमा लागेको बताए। उनले, 'पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको कारबाहीलाई रोकेर अख्तियारबाट सफाई दिलाएर मन्त्री बनाउने प्रधानमन्त्री ओलीले नै दबाब दिएको' भने।
यस्तै सरकारले लोकतन्त्रको मूल्य र मान्यता बिर्सिएर हिँडेको बताउँदै, सरकारको ध्यान भ्रष्टाचार गर्ने बाहेक अरु नदेखिएको भन्दै सभापति शाहले अहिलेको नेकपाको आन्तरिक किचलो पनि भ्रष्टाचारकै सवाल भएको दावि गरेका छन्।
कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका शाहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको जनाउँदै, प्रदेशको राजधानी बुटवलबाट सार्न नेकपाका महासचिब बिष्णु पौडेलले मौन समर्थन गरेको भन्दै शाहले बुटवलमा खुद्रा बिकासे आयोजना देखाएर जनतालाई लली पप देखाएको आरोप लगाए।
करिडोर, सडक ,खानेपानी शिलान्यास र स्कुल भवन उद्घाटन गरेर राजधानी सर्दा बुटवलका जनताहरुमा लागेको चोटको घाउ सन्चो नहुने उनले बताएका छन्।