arrow

पोखरा महानगरपालिका कोरोना व्यवस्थापनमा उत्कृष्टको सूचीमा

logo
हरि पन्त,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
pokhara-metro1.jpg

पोखरा। कास्कीको पोखरा महानगरपालिका कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेको छ। स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए।

उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका छन्।

महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, संक्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरूको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरूले गरेका थिए। मन्त्रालयले मागेपछि जिल्लाबाट तथ्याङ्क मागिएको र तिनै तथ्याङ्कको आधारमा उत्कृष्ट छनोट गरिएको हो अधिकृत पौडेलले बताए।

खुशी छौं, अझै उत्कष्ट काम गर्छौं
पोखरा महानगरपालिकाले उत्कृष्टमा पर्नु निकै गौरवको विषय भएको जनाएको छ। गण्डकी भ्वाइससंग कुरा गर्दै महानगरका प्रवक्ता धनबहादुर नेपालीले नागरिकको सुरक्षामा पोखरा महानगरपालिका हरदम तयार रहेको बताए। उनले कोरोना संक्रमण प्रारम्भमा नै महानगरपालिकाले चालेको कदम नै प्रभावकारी भएको स्पष्ट पारे।

हामीले वृहत छलफल गरेर काम शुरु गरेका थियौं। सफल पनि भयौं। यसको परिणाम हो उत्कृष्टको सूचीमा पर्नु, उनले भने। आगामी दिनमा पनि कसरी प्रभावकारी रुपमा काम गर्न सकिन्छ भन्नेतर्फ महानगरपालिकाको ध्यान गएको प्रवक्ता नेपालीले बताए। यता, पर्वत जलजता गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले कोरोना महामारी नियन्त्रणमा यसअघि पनि निकै प्रयास गरिएको र अबका दिनमा पनि त्यो भन्दा कसरी उत्कृष्ट काम गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ