arrow

जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
dinesh-shrestha-fncci.jpg

काठमाडौं। उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम अनुसार जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ विजयी भएका छन्। उनी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहबाट ५८ मत ल्याइ विजयी बनेका हुन। उनका प्रतिस्पर्धि गुणनीधि तिवारी भने ४७ मत ल्याइ पराजित भए।

अहिलेसम्म प्राप्त परिणाम अनुसार तीन उपाध्यक्ष मध्ये दुई वस्तुगत र जिल्ला नगरमा प्रधान समूहका उम्मेदवार विजयी बनेका हुन। अब एसोसिएट तर्फको उपाध्यक्ष पदको परिणाम आउन बाँकी छ।

यसअघी जिल्ला नगर तर्फ १८ केन्द्रिय सदस्यमा भने अमृत भट्टचन, अरुणराज सुमार्गी, उमेश डालमियाँ, कमलकुमार श्रेष्ठ, कमानबहादुर खड्का, ईश्वरकुमार आचार्य, कुविरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, चक्रबहादुर अधिकारी, डिबि बस्नेत, तारानाथ घिमिरे, देबकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, राजन श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल र सुरकृष्ण वैद्य निर्वाचित भएका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ