arrow

संविधानबाटै हिन्दू राज्य स्थापना गराउछौं : उपप्रधानमन्त्री थापा

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
kamal-thapa-1.jpg.jpeg
काँकडभिट्टा (झापा)। उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरेर हिन्दू राज्य स्थापना गराउने पार्टीको लक्ष्य रहेको बताए।
 
बिर्तामोडमा आज अपराह्न आयोजित ‘हिन्दूत्व जागरण सभा’लाई सम्बोधन गर्दै उनले संविधानका प्रावधान परिवर्तन गर्न संविधान बाधक छैन, हामी यही संविधान प्रयोग गरेरै हिन्दू राज्य ल्याउँछौँ भने।
 
राप्रपा नेपाल झापाले आयोजना गरेको कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले जातीय एकता र धार्मिक सहिष्णुताका लागि हिन्दू राज्यको आवश्यकता औँल्याए। रासस 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ