एफएनसीसीआई उपाध्यक्षमा निर्वाचित एनआईसी एशिया बैंकका सञ्चालक संघईलाई बधाइ तथा शुभकामना
प्रकाशित २०७७ मंसिर १४ आइतबार
447
Shares
काठमाडौं। एनआईसी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआइको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएपछि बैंकले बधाइ तथा शुभकामना व्यक्त गरेको छ।
खुशीयाली समयको अवसर पारेर बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै ‘गरिमामय पदमा निर्वाचित हुनुभएको यस सुखद अवसरमा समस्त बैंक परिवार वहाँलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछ ।’ भनेका छन्।
महासंघको एशोसिएटर्फको उपाध्यक्षको निर्वाचनमा सौरभ ज्योतीलाई पराजित गर्दै संघईले सफलता हासिल गरेका हुन्। विगत तीन दशकदेखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आएका संघई त्रिवेणी ग्रुपका निर्देशक हुन्।
संघईलाई उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याए वापत गत वर्ष सरकारले ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (कमर्सियल्ली इम्पोटेन्ट पर्सन सीआईपी) सम्मानबाट पनि विभूषित गरेको थियो।