arrow

मिनिबसमा राखेर काठ तस्करी गर्ने योजना बिफल 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७७ मंसिर १५ सोमबार
wood-taskari1.jpg

रौतहट । डिभिजन वन कार्यालय रौतहटले मिनिबससहित काठ पक्राउ गरेको छ । सोमबार बिहान जिल्लाको चन्द्रपुर १ नुनथर क्षेत्रबाट वन गस्ती टोलीले  बा १ ख ६४४२ नम्बरको मिनिबसमा राखेर छिमेकी जिल्ला सर्लाही लैजाने क्रममा करिब ५६ क्युफिट सालको काठ बरामद भएको डिभिजन वन अधिकृत बिनोद सिंहले जानकारी दिए । 

पौराइ सब डिभिजन अन्तर्गतको वन क्षेत्रबाट चिरान गरी मिनि बसमा राखेर तस्करी गर्ने योजना तस्करहरुको रहेको भए पनि सहायक वन अधिकृत रामप्रसाद साह, सुरेशप्रसाद महतो र अधिकृत मधुकान्त सिंह समेतको गस्ती टोलीले तस्करको योजना बिफल बनाएको अधिकृत सिंहले जानकारी दिए । 

काठ र बस पक्राउ गरिए पनि तस्कर भने फरार भएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ