arrow

महँगा घरका मालिक हुन् अनिल कपूर, दुबईदेखि लण्डनसम्म छन् विलासी बंगला

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
anil-kapoor1.jpg

काठमाडौं । दशकौंदेखि बलिउडमा अभिनयले दर्शकको मन जितेका  अभिनेता अनिल कपूर विलासी जीवन बिताउँछन्। अनिल कपूर आफ्नो व्यक्तित्वका लागि परिचित छन् । साथै उनको शाही जीवनशैलीको बारेमा पनि चर्चा मा हुन्छन् । अनिल कपूर मुम्बईमा परिवारसहित जुहूको बंगलामा बस्छन्। अनिल कपूर मुम्बई बाहेक दुबई, क्यालिफोर्निया र लण्डनमा पनि फ्ल्याटहरू छन् । 

मुम्बई
अनिल कपूर मुम्बईको जुहू क्षेत्रमा बस्छन्। यहाँ उनको बंगला पनि छ जुन धेरै विलासी छ। सो बंगलामा अनिल कपूर पत्नी सुनिता कपूर, छोरी रिया कपूर र छोरा हर्षवर्धन कपूरसँग बस्छन्। यो घरको रूप धेरै सुन्दर र भव्य छ। घरको बैठक कोठालाई परम्परागत रूप दिइएको छ। यस बाहेक, अनिल कपूरको यो बंगलामा छुट्टै चलचित्र कोठा बनाएका छन्। जहाँ आरामसँग बसेर फिल्महरू हेर्न सकियोस । चलचित्र कोठा बाहेक, घरमा छुट्टै ड्रेसिंग कोठा पनि निर्माण गरिएको छ, जहाँबाट रिया सोनम र हर्षवर्धनको तस्बिर पनि बारम्बार देखा पर्दछ। घरमा बच्चाहरूको कोठा पनि उनीहरूको इच्छा अनुसार बनाइएको छ।

क्यालिफोर्निया
अनिल कूपरको स्वामित्वमा क्यालिफोर्नियामा पनि एक बंगला रहेको छ । वास्तवमा अनिलको छोरो हर्षवर्धन क्यालिफोर्नियामा पढ्न गएका थिए। सो समयमा अनिलले आफ्नो छोराको लागि क्यालिफोर्नियामा ओरेन्ज काउन्टीमा एक ३बीएचके अपार्टमेन्ट लिएका थिए । यो  ३बीएचके अपार्टमेन्ट पछाडिको भागमा समुद्र तट छ। एक मिडिया रिपोर्ट अनुसार यस अपार्टमेन्टको मूल्य एक मिलियन डलर (११ करोड नेपाली रुपैयाँ) भन्दा बढी छ।

लण्डन
अनिल कपूरको लण्डनमा पनि एक घर छ । अनिल कपूर लण्डनको मेफेयर अपार्टमेन्टमा कयौ पटक समय बिताइरहेको देखिन्छन्। अनिलले मात्र होइन उनका छोरा हर्षवर्धनव कपूर पनि यहाँ बस्दछन् समय बित्दैछन्। अनिल कपूर आफ्नो घरलाई माया गर्छन्, उनी यो घरलाई आफ्नो पुरानो संसारको हिस्सा ठान्छन्।

दुबई
दुबईमा धेरै बलिउड सेलिब्रेटीहरूको घर छ। फिल्म '२४' 'को शुटि क्रममा  अनिल कपूरले दुबईमा २ बीएचके फ्ल्याट किनेका थिए। अनिलको फ्ल्याट डिस्कवरी गार्डेनको नजिक अल फुरजनमा छ। एक अन्तर्वार्ताको क्रममा अनिल कपूरले भनेका थिए यो अपार्टमेन्ट एकदम सस्तो र राम्रो स्थानमा निर्माण गरिएको छ। जुन उनलाई धेरै मनपर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ