arrow

मलाई सन्नीको विगतसँग कुनै समस्या छैन : अमिर खान

अमिरको लागि रुख पनि बन्न तयार छु : सन्नी लियोन

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
aamir-sunny.jpeg.jpeg
एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनले यदि अमिरसँग ३० सेकेन्डको कुनै भुमिका पाए आफु अभिनय  गर्न तयार रहेको बताएकी छन् ।
 
टाइम्स अफ इन्डियाका अनुसार सन‍्नीले एक अन्तर्वातामा भनिन् , "मैले आमिरलाई भेटे, उनि मेरा लागि निकै उच्चा मनका छन् । मलाई उनिसँग काम पाउने कुनै आश छैन तर म खुशी छु उनले मसँग काम गर्ने सुनाए । यदि अमिरले चाहे भने म ब्याकग्राउन्डमा रुख बन्न पनि तयार छु ।"
 
साथै सन्नीले भनिन् " यो ठट्टा हो । यदि आमिरसँग मलाई एक मिनट वा ३० सेकेन्डको पनि स्क्रीन स्पेस मिलेमा त्यो मेरो लागि ज़िन्दगीको लागि सम्झन लायक क्षण हुनेछ ।"
 
एक टिभि अन्तरवार्तामा सन्नी लियोनीसँग असहज बिषयमा अमिरले सन्नीको समर्थनमा ट्वीट गरेका थिए । अमिरले यस ट्वीटमा लेखेका थिए - "सन्नी, मलाई तपाईसँग  काम गर्न प्रसन्नता हुनेछ । मलाई तपाईको विगतसँग कुनै प्रकारको समस्या छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ