arrow

पिकअप दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

logo
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
accident-final.jpeg

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । 

मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । 

उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को २च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ