arrow

सिटामोल नपाएर छट्पटिएका जनताका लागि हेलिकप्टर चार्टर गरी अस्पतालको शिलान्यास

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
128989095_886913612114528_6.jpg

हुम्ला । सोमबार हुम्ला जिल्लाका ४ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एकैसाथ शिलान्यास गरिएको छ । ताँजाकोटमा १० शैय्या, अदानचुली, सर्केगाड र नाम्खामा १५ शैय्याका अस्पतालको एकसाथ शिलान्यास गरिएको हो ।
हुम्लाको सर्केघाढ गाउँपालिकाको अस्पताल कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सुर्खेतबाट हेलिकप्टर चार्टर गरेर शिलान्यास गरे । 

ताँजकोट र अदानचुली गाउँपालिकाको अस्पताल उपाध्यक्ष मञ्जु बुढा र सौमती ऐडीले गरे । यसैगरी नाम्खा गाउँपालिकाको अस्पताल शिलान्यास गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर तामाङले गरे । 

अदाचुली र ताँजकोट गाउँपालिकासंगै सर्केगाड गाउँपालिकाको अस्पताल उद्घाटन गर्नका लागि केहि दिनअघि सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्षहरुसँग परामर्शमा लागेका मन्त्री रावलले उद्घाटन गर्न सुर्खेतबाट तीन वटै गाउँपालिका केन्द्रसम्म हेलिकप्टर लिनुपर्ने र हेलिकप्टरको चार्टर बापतको खर्च गाउँपालिकाले ब्यहोर्नु पर्ने भनेपछि हेलिकप्टर चार्टर गरेर अस्पताल शिलान्यास गर्नु भन्दा सो रकमले पालिकाको अन्य कुनै काममा खर्च गर्ने मनसायका साथ अदाचुली र ताँजकोट दुबै गाउँपालिकाका अध्यक्ष पालिकाको कामको शिलशिलामा सुर्खेतमा रहेकाले अस्पतालको शिलान्यास उपाध्यक्ष सौमती ऐडी र मन्जु बुढाले गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । 

हेलिकप्टर लिएर मन्त्री सहितका गाउँपालिकाका पदाधिकारी सुर्खेतबाट जाने र तीनवटै पालिकामा निर्माण हुने अस्पतालको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको भए पनि अदाचुली र ताँजकोट गाउँपालिकाले मन्त्री नलिएर आफ्नो अस्पताल आफ्नै उपाध्यक्षको हातबाट गर्ने भनेपछि यसभन्दा अगाडि कर्णाली प्रदेशका विभिन्न जिल्लामा भवन उद्घाटन र अनुगमनका क्रममा मन्त्रीहरु सवार हेलिकप्टरकोे भाडा अहिलेसम्म भुक्तानी नभएका कारण हेलिकप्टर कम्पनीले उडान भर्न अस्विकार गरेपछि हुम्लाको सर्केघाड गाउँपालिकाकाले हेलिकप्टर चार्टर गर्दा अस्पताल शिलान्यास गर्न कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल सर्केगाड पुगेका हुन् । 

सर्केगाड गाउँपालिकाका नागरिक तथा प्रदेश सांसदसंगै कर्णाली  प्रदेशका सामाजिक विकास मन्त्रीसमेत भएकाले अस्पताल शिलान्यास गर्न जाने भनेपछि गाउँपालिकाले नैं हेलिकोप्टर चार्टरमा लाग्ने रकम व्यहोर्ने गरेर मन्त्री रावल, गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकाया (करुण) र उपाध्यक्ष जोशी धामी सहितको टोली हेलिकप्टरमा सर्केगाड पुगी अस्पताल शिलान्यास गरी पुनः सुर्खेत फर्किएको सर्केगाड गाउँपालिका उपाध्यक्ष धामीको भनाइ छ ।
 
पालिकाका लागि बजेटको ब्यबस्था गर्नु पर्नेमा अस्पतालको भवन शिलान्यास गर्न पालिकाले लाखौं खर्चेर हेलिकप्टरको प्रयोग गर्ने, नेपाल सरकारको काममा आफ्नो नाउँ जोड्न प्रदेश सरकार पुग्नै पर्ने र पुग्दा स्थानीय तहको बजेट खर्च गर्नु पर्ने प्रवृत्तिले गलत परम्परा बसेको सर्केगाड ४ का स्थानीय धनराज शाहीले बताए  । उनले भवन शिलान्यास गर्न पालिकाको रकम खर्चेर हेलिकप्टर प्रयोग गर्ने मन्त्री रावलको कामको विरोध गरे ।

‘गाउँका स्वास्थ्य संस्थामा सिटामोल समेत छैन । जनता रोगबाट पीडित छन् । मन्त्री र गाउँपालिकाका जनप्रतिनिधि गाउँपालिकाको रकममा आफ्नो प्रभाव जमाउन हेलिकप्टरको प्रयोग गर्छन् । यसले गर्दा जिल्लामा नराम्रो प्रभाव पार्छ’  एक स्थानीयले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ