arrow

रहेनन् अम्बर गुरुङ, 'अमर रहुन् अम्बर गुरुङ'

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
Ambr.jpg.jpeg
काठमाडौं । नेपाली गीत संगीत आकाशका एउटा धुर्ब तारा अम्बर गुरुङ अब हामी बिच रहेनन् । नेपाली समय अनुसार आज मंगलबार बिहान २.३७ मा बरिष्ठ संगीतसाधक अम्बर गुरुङको ग्रान्डी अस्पतालमा निधन भएको छ । उनको भौतीक रुपमा हामी बिच नरहनु भए पनि उनका असंख्य साँगीतिक कोसेलीहरु हामी बिच रहेका छन् । 
 
राष्ट्रिय गीतमा संगीत भरेका वरिष्ठ संगीतकार गुरुङको ७९ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको ग्रान्डी अस्पतालमा निधन भएको अस्पतालले प्रेस विज्ञप्तीमार्फत जनाएको छ । लामो समयदेखि विरामी रहेका उनको खासगरी खाने नलीमा समस्या देखिएको थियो । खानेनलीमा राखिएको पाईप फुस्किएफछि उनलाई सोमबारबार अस्पताल लगिएको थियो।
 
विज्ञप्तीमा भनिएको छ, “सघन उपचार कक्ष (आइसियू) मा उपचाररत गुरुङको आज राति दुइ बजेर सैंतीस मिनेटमा निधन भएको हो।“
 
पाँच दशक भन्दा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गुरुङ पछिल्लो पुस्ताका धेरै संगीतकारका गुरु मानिन्छन्। दार्जि्लिङमा जन्मेका गुरुङको रेकर्ड गरिएको पहिलो गीत “नौ लाख तारा उदाए“निकै चर्चित बनेको थियो ।
 
गुरुङले सयौं गीतमा संगीत भरेका छन् । ती मध्ये कतिपय गीतमा उनका आफ्नै शब्द र स्वर छन् भने कतिपय गीत स्वरसम्राट नारायण गोपाल र अरुणा लामालगायतका चर्चित गायकगायिकाले गाएका छन्। उनी गोपाल योञ्जन र अरुणा लामादेखि लिएर हाल प्रसिद्ध धेरैजना संगीतकर्मीका गुरुसमेत हुन्।
 
नेपाल संगीत तथा नाट्य एकेडेमीका पहिलो कुलपति रहेका गुरुङलाई शास्त्रीयदेखि लोक र पश्चिमा संगीतको समेत विज्ञ मानिन्थ्यो ।
 
उनीद्वारा संगीतबद्ध गीत रातो र चन्द्र सूर्य नेपाली सेनाले सैनिक गीत बनाएपछि गुरुङलाई नेपाली सेनाका सम्मानार्थ महासेनानी बनाईएको थियो ।
 
गत वर्षको माघ महिनामा खाने नलीको उपचारार्थ भारतको मेदान्त अस्पताल पुगेका गुरुङको त्यो समयको उपचार खर्च नेपाल सरकारले व्यहोरेको थियो । पछिल्लो समयको उपचार खर्च पनि सरकारले व्यहोर्ने आश्वासन दिएको गुरुङका परिवारले बताएका छन्।
गुरुङका ३ छोरा, एक छोरी र पक्षाघातबाट पीडित ७५ वर्षीया पत्नी छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ