arrow

आर्थिक अभावमा ओमप्रकाशको उपचार प्रभावित, भन्छन्–'ऋण सकियो दुई पटक अप्रेशन कसरी गरौं ?'

logo
नारायण वली,
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
om-prakash1.jpg

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१२ विजयनगरका ओम प्रकाश थारु यतीवेला लुम्विनी प्रादेशिक अस्पताल बुटवलको हार्डजोर्नी तथा नसा रोग कक्षको वेड नं.६२ मा उपचारारत अवस्थामा रहेका छन् । तर उनी पैसा अभावमा उपचारलाई कसरी अगाडि वढाउने भन्नेमा चिन्तित छन् ।

परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेको उनी विगत केही वर्ष देखि बुटवलको तिनकुने स्थित एक मोटरसाईकल वर्कसपमा काम गर्दै आएका थिए । तर गत कार्तिक १९ गते घर गएका उनी सोही दिन साँझ काम गर्ने ठाउँ भाडावाल कोठामा फर्किदै गर्दा तिलोत्तमा नगरपालिकाको नयाँमिल नजिक साँझको वेला गाडीले ठक्कर दिदा उनी सडकै भँुईमा लडे । ठक्कर कुन गाडीले दियो र कहाँ गयो भन्ने वारे उनी अर्थअचेत अवस्थामा स्थानियहरुले भेटाएपछि प्रहरीलाई खवर गरे ।

खवर पाए लगत्तै प्रहरीले घाईते थारुलाई उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना ग¥यो । उनको वाँया तर्फको खुट्टा तिन ठाउँमा भाँचिएको डाक्टरले चेकजाँच पछि वताए । दैनिकी गरेर जीवनचर्या विताउँदै आएका थारु निम्न वर्गको रहेको पाईएको छ । न उनको जग्गा छ, न घर नै ।

थारुको हाल सम्म करिव १ लाख रुपैयाँ उपचारमा लागेको र डाक्टरका अनुसार अझैं थप दुई पटक अप्रेशन गर्नुपर्ने र जसका लागि झण्डै २ लाख रुपैयाँ लाग्ने वताएको अहिले सम्म कर्जा लिएर उपचार गराउँदै आएका आफन्त देव कुमार थारुले वताए ।

आफन्त थारुले भने, यही पैसा अन्य व्यक्ति संग ऋण लिएको हो । कुरुवा श्रीमतीले खाना खाने समेत पैसा नभएको वेला अव कसरी दुई पटक अप्रेशन गर्ने आर्थिक जुटाऔं । यता डाक्टरले छिटो पैसाको व्यवस्था गर्नुस् दोस्रो पटकको अप्रेशन गर्नुपर्छ भन्नु भएको छ उनले भने ।

यस्तै लुम्विनी प्रादेशिक अस्पतालमा रहेको सामाजिक सुरक्षा ईकाईको वोर्डमा लेखिएको तपाई उपचार गर्दा समस्यामा त पर्नुभएको छैन्, भन्ने वाक्यांशले उनी थारुलाई एकछेउ पनि राहत दिन नसकेको आफन्त देव कुमार थारुको भनाई छ । उनी भन्छन्, ईकाई वाट ७५ प्रतिशत छुट गर्ने जनाएपनि तर औषधि लिन जाँदा सिरिन्ज वाहेक अरु सवै औषधि साझा क्लिनिकमा किन्नु पर्ने वाध्यता रहेको वताउँदै, नामको सहयोगको कुनै काम नभएको वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ