arrow

बीऊ बचाउन र ताजा तरकारीको लागि पानीपोखरी

logo
दयाराम पण्डित,
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
bajura-pond.jpg

बाजुरा। बडीमालिका नगरपालिकाले कृषकको विउ बचाउन र ताजा तरकारी फलाउन आधुनिक सिंचाई प्रबिधी अपानाएको छ। पानीको स्रोत कम भएको तर वस्ति नजिकको खेतवारी सिंचाइँ गर्न बहुउपयोगी पानीपाखरी निर्माण गरेको बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले जानकारी दिए। बडीमालिका नगरपालिकाका कोद्र्धमा चार, मनामा ३, रिलामा चार, पाटा, सल्लेना, माझिगाँउ, देनजुुगाडा, पिनालेख , नुवाकोट, रजाली र डुुग्रीमा एक एक गरि १७ ठाउँमा पानी पोखरी निर्माण गरेर उपयोगमा ल्याएको नगरप्रमुख बडुवालले बताए। सबै पोखरी बनाउन १ करोड ३६ लाख रुपैंयाका लागत लागेको हो।

प्रतिपोखरी आठ लाख रुपैंया खर्च गरी भुसंरक्षण कार्यालयको आर्थिक सहयोगमा सम्पन्न भएका पोखरीबाट किसानले लाभ उठाएका छौं, कृषक महेन्द्र रावलले बताए। मुलट्याङ्की र पानीपोखरी गरी दुई ट्याङ्कीसँगै निर्माण गरिएका छन्। बिहान बेलुकी मुल रिजर्भ ट्याङ्कीबाट खानेपानी धारामा पठाईन्छ भने राती उक्त पानी पोखरीमा जम्मा गरिन्छ। रातभर जम्मा भएको पानीले करेसाबारीलाई सिंचित गर्न पुग्छ । यसरी खानेपानीको दोहोरो सुविधा उपभोग भएको कृषक बताउँछन्।

बडीमालिका नगरपालिकाका प्रायजसो गाउँमा पानीपोखरी पुगेपछि ताजा तरकारी तथा फलफुल उत्पादन गर्न सहज भएको देखिन्छ। बडीमालिकाका नगरपालिकाका ३ हजार १ सय २९ परिवार मध्ये करिव आठ सय परिवारका लागि पानी पोखरी सुबिधा छ। बाजुराको अधिकांश खेतीययोग्य जमिनमा सिंचाई सुविधा छैन। खानेपानीको सदुपयोग गरी पानीपोखरी निर्माण गरे कृषकलाई घरबारी सिंचित गर्न भने सहयोग पुग्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ