arrow

 सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु, २ गम्भीर घाइते

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७७ मंसिर १७ बुधबार
accident-final.jpeg

पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ स्थित सडक विभाग छेउँमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम १ निवासी अर्जुन शंकर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका १ का ३० वर्षिय पर्वत गुरुङ, र झापा गरामुनि १ बस्ने २१ वर्षिय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए । 

स्वच्छन्द कन्काई निर्माण सेवाको बा १९ च ५७३६ नम्बरको डबल क्याप पिकअप फिदिम देखि जोरसाल जाने क्रममा अनियन्त्रित भई सडक बाट करिव डेढा सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ