arrow

माउन्टेन इनर्जी नेपालको आइपिओ, एक लाख ८३ हजारले पाए

logo
प्रकाशित २०७७ मंसिर १७ बुधबार
IPO_SHare.jpg

काठमाडौँ । माउन्टेन इनर्जी नेपालले आइपिओ बाँडफाँट गरेको छ । आइपिओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले बुधबार माउन्टेनको आइपिओ बाँडफाँट गरेको हो । 
    
गत कात्तिक २६ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा ६ लाख ५३ हजार २९१ आवेदकले निवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ७१६ जनाको आवेदन रद्द भई ६ लाख ५१ हजार ५७५  जनाले सहभागिता जनाएका थिए ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट एक लाख ८३ हजार २६ जनाले शेयर पाएको नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले जानकारी दिए । उनका अनुसार सहभागीमध्ये पाँच जनाले ११ तथा बाँकीले १० कित्ता शेयर पाएका छन् । शेयर आवेदन गर्दा २० कित्ताभन्दा बढी आवेदन दिनेलाई दोस्रो गोलाप्रथामार्फत पाँच जनाले थप एक कित्ता शेयर पाएका हुन्  ।
  
कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो जसमा ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारी तथा ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी  १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
    
कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत् आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ