arrow

सिजी ब्राण्डको जाडोका सामाग्रीहरु नेपाली बजारमा

logo
प्रकाशित २०७७ मंसिर १७ बुधबार
cg-winter-product.jpg

काठमाडौं। नेपालको उत्कृष्ट ब्राण्ड सिजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ। सिजीले उपभोक्ताहरुमा न्यानो सम्बन्ध राखि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट प्रस्तुत गरेको छ।

यसैगरी जुनसुकै स्थानमा जति बेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने न्यानो बनाई राख्न बिभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ। यस लगायत सिजीले चिसो पानीले नुहाउने टेनसनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत ल्याएको छ।

सिजीले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन्। नवीनतम प्रविधीद्वारा उत्पादित सिजीका घरायसी सामानहरु आजै घर भित्राई यस जाडोयाममा तातो न्यानो गर्न र जीवन सहज बताउन सिजीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ