arrow

बाँकेमा ठूलो परिमाणको अवैध चिनी बरामद

logo
सौरभ गिरी,
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
128634481_317869395878222_8.jpg

नेपालगन्ज । सशस्त्र प्रहरीले डुडुवा गाउँपालिकाबाट लाखौं रुपैयाँ बराबरको अवैध चिनीसहित तस्करहरुलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डको टोलीले बुधबार डुडुवा गाउँपालिकाको वडा नम्बर ६ नयाँ बस्ती जङ्गलबाट भारतबाट ल्याउदै गरेको अवैध २८५० किलो चिनी, १२६० किलो धान, १४८५ किलो गहुँ , १३३ पिस ठूलो  ग्याँस रेगुलेटर, ५० पिस सानो ग्याँस रेगुलेटर, ३९ पिस ग्याँस बर्नर, ३८ पिस ग्याँस लाईट ,२८ पिस ककुरको वासर र ,२० पिस सकेटसहित ५ लाख ५१ हजार ४५०रुपैयाँ बराबर मूल्यका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।  

सशस्त्र प्रहरीले तस्करीमा प्रयोग भएको भे १ त ६७६४ नम्बर  टयाक्टरसहित ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा डुडुवा गुरुदिन केवट, लबकुश गोडिया र बिकउ गोडिया रहेका छन् । तस्करहरुले तस्करी गरेको चिनीलाई अन्य खाद्य सामाग्रीका बोराहरुले तल पारी ल्याउँदै गर्दा सशस्त्र प्रहरीले चेक जाँच गर्दा उक्त अवैध सामाग्री बरामद भएको हो । 

सशस्त्र प्रहरीले भाग्दै गरेका तस्करलाई लखेटेर समेत समातेको छ। बरामद गरिएको अवैध सामग्री, तस्करीमा प्रयोग भएको टयाक्टरसहित ३ जना तस्करहरुलाई बुधबार नै नेपालगन्ज भन्सार कार्यालय बुझाईसकेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बाँकेमा एसपी अशोक बमले कमान्ड सम्हाले पछि तस्कहरुको बिचल्ली हुँदै गईरहेको छ। एसपी बमको कडा निर्देशनले सशस्त्र प्रहरीले नाकामा निकै कडाई गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बाँकेका सबै बिओपीहरुले समेत तस्करीका सामाग्रीहरुलाई धमाधम बरामद गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ