arrow

सिमकोट विमानस्थलमा चिसोले पानी जम्दा आगो निभाउन समस्या 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
fire-final.jpeg

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा रहेका सिमकोट विमानस्थलमा रहेको विमानस्थल प्रमुख र अन्य कर्मचारी बस्ने निवासमा बिहीवार बिहान आगलागी भएको छ । बिहान ४ बजे लागेको आगो स्थानियबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो लागेको ३ घण्टापछि ७ बजेमात्र नियन्त्रणमा लिएको छ ।  

बिहानै विमानस्थल प्रमुख र अन्य कर्मचारी बस्ने निवासमा अचानक आगलागी भएको देखेपछि विमानस्थल सुरक्षामा खटिएका प्रहरीले देखेपछि खबर गररे सबै जम्मा भएर नियन्त्रण गर्ने काममा लागेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी सिताराम बिष्टले बताए ।

भवनमा लिएर गएको बिद्युतको तार सट भएपछि उक्त भवनमा आगलागी भएको आशंका गरिएको छ । अगालागीबाट ६ कोटे भवनको ३ कोठा पूर्णरुपमा जलेर नष्ट भएको छ भने ३ कोठामा आंशिक क्षति भएको विमानस्थल प्रमुख बिष्णु अधिकारीले बताए । 

हुम्ला सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको विमानस्थलमा काम गर्ने कर्मचारीको निवासका रुपमा प्रयोग भएको भवनमा लागेको आगो नियन्त्रणमा लिनका लागि जिल्लास्थित नेपाल सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयले पहल गरेको भएपछि चिसोले पानी जमेका कारण आगो नियन्त्रणमा ल्याउन केही समस्या भएको भएपनि ३ घण्टापछि आगो नियन्त्रण गर्न सकिएको र आगलागीबाट के कति क्षति भएको छ  यसको विवरण नआएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ