arrow

सरकारलाई काम गर्न दिइनुपर्छ : प्रम ओली

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
KP-oli-talking.jpg.jpeg.jpeg
नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।  सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्व विद्यालयको सिनेट बैठकमा भाग लिन जाने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारसँग प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई विघटन नगरेर नै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयास भइरहेको बताए ।  
 
प्रधानमन्त्रीले भने, ‘सहमतिका लागि प्रतिपक्षमा रहेका सबै दलहरुसँग विचार विमर्श थालिएको छ । छलफल भइरहेको छ । अर्को संसदीय निर्वाचन नभएसम्म यो सरकारलाई काम गर्न दिइनुपर्छ ।” प्रधानमन्त्रीले थपे, ‘संविधान कार्यान्वयनका लागि पनि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक छ, राष्ट्रिय सहमतिको सरकार भयो भने संविधानको कार्यान्वयन अभैm सहजताका साथ अघि बढछ, त्यसका लागि पनि हामीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि जोड दिएका हौं ।’ 
 
प्रधानमन्त्री ओलीले सरकारको विरोध प्रतिपक्षबाट हुनु लोकतान्त्रिक प्रक्रियाको एउटा कडी भएको स्पष्ट पार्दै भने, ‘तर, विरोध रचनात्मक हुनुपर्छ, सरकारको कामको गुण दोषका आधारमा हुनुपर्छ, विरोधका लागि मात्र विरोध हुनुहुँदैन ।’ रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ