arrow

पेट्रोल छर्किएर उपप्रमुख चढेको गाडीमा आगो लगाउन खोजियो

logo
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
Mechinagar_Nagarpalika4.png

झापा । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नं गाडी एक समूहले बिहिबार जलाउने प्रयास गरेको जनाइएको छ ।

 नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला बिहिबार अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले जिकिर गरिन् ।

गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु विद्यार्थी कार्यकर्ता भएको बताएको जनाउँदै उपप्रमुखले  बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको आरोप लगाइन् । 

‘‘पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि मैले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएँ’’, उनले भनिन् ।

घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तत्कालै जानकारी गराइएको उनले बताए । नेपाली काँग्रेसका उपसभापति राम कट्टेलले  घटना भत्र्सनायोग्य भए पनि कसले गरेको हो भनी आफूहरुले बुझ्ने प्रयास गरिरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ